Subscribe Us

लिफ्ट दिने बहानामा बतात्कार

पाँचथर । आफन्तकामा आएकी एक बालिकालाई मोटरसाईकलमा लिफ्ट दिई घर पुर्याईदिने बाहानामा एक युबकले जबर्जस्ती करणी गरेको खुलासा भएको छ । 

फिदिम नगरपालिका–३ का २२ वर्षीय सुवास मगरले नगरपालिका–२ पल्लोेटारमा आफन्तकामा आएकी सिदिनकी एक बालिकालाई घर पु¥याइदिने आश्वासन दिएर आफ्नो मोटरसाइकलमा राखेर लाने क्रममा पल्लोटार जाने बाटोको एक खोल्सीमा जबर्जस्ती करणी गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । 

बालिकालाई करणी गर्ने मगरलाई प्रहरीले पक्राउ गरी बुधवार सार्वजनिक गरेको छ । सोमबार राति अन्दाजी ८ः३० बजे सो खोल्सीमा मोटरसाइकल रोकेर विवाह गर्छु भन्दै ललाइफकाइ गर्दा आफू नमानेपछि मगरले जबर्जस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । 

बालिकाको जाहेरीका आधारमा मगरलाई पक्राउ गरी जबर्जस्ती करणीअन्तर्गत म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मगरले पीडित बालिकालाई फिदिम नगरपालिका–१ शनिबारेदेखि आफन्तकामा पु¥याइदिने भन्दै आफ्नो मोटरसाइकलमा चढाएका थिए । 

Post a Comment

0 Comments