Subscribe Us

फेसबुकबाटै ४ लाख फिरौती,
सामाजिक सञ्जाल फेसबुकको कारण साइबर अपराध बढ्योः एसपी थापा

काठमाडौं । महाबौद्धमा कपडा पसल सञ्चालन गर्दै आएका व्यापारी रोशन गुप्तालाई एक गिरोहले सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी चार लाख असुल्न सफल भए ।
गिरोहले एक युवतीको नाममा फेक फेसबुक एकाउन्ट बनाइ रमक असुल्न सफल भएका थिए । चार लाख असुल्न सफल भईसकेका गिरोहले गुप्तासँग थप दुई लाख असुल्न खोज्दा उनिहरु प्रहरीको फन्दामा परेका छन । 

सुवास्ना गौतम नामको फेसबुक एकाउन्ट बनाएर फिरौती असुल्ने बिक्रम ज्ञवाली र केविन केसीलाई महानगरीय अपराध महाशाखा टेकुले मंगलवार पक्राउ गरेको हो ।  
ज्ञवाली र कसीले सुवास्ना गौंतम नामको एकाउन्टबाट व्यापारी गुप्तालाई फेसबुक साथी बनाई मायाँको भ्रम छरेका थिए । मायाँको भ्रम छरेको एक महिनापछि ज्ञवाली र केसीले तिम्रो मायाले गर्दा हाम्रो बहिनी सुवास्नाले हात काटी उपचारार्थ अस्पतालमा भर्ना भएकी छिन्। उनको उपचारको लागि  ५५ हजार रकम दिनु नदिए पुलिस केश गरि दिन्छौं भन्दै पटक पटक गरी चार लाख असुल्न सफल भएको प्रहरी अनसुन्धानबाट खुलासा भएको छ । 

पहिलो पटक ५५ हजार लिएका ज्ञवाली र केसीले पुनः व्यापारी गुप्ताको पसलमा गई हामी सुवास्ना गौतमको दाजु हौ उपचारको लागि रकम दे नदिएमा जे पनि हुन सक्छ भन्दै पटक पटक गरी गुप्ताबाट ४ लाख १७ हजार रकम असुलेको महाशाखा एसपी सहकुल थापाले बताए ।  भने बमोजिमको रकम उपलब्ध गराएपनि ज्ञवाली र केसीले थप दुई लाख रकमको डिमाण्ड गरेपछि  पीडित बनेका व्यापारी गुप्ताले महाशाखामा उजुरी दिएका थिए । गुप्ताको उजुरी पछि महाशाखाको टोलीले उनिहरुलाई महाराजगंजस्थित भाटभटेनीबाट मंगलबार पक्राउ गरेको जनाएको छ । पक्राउ परेका गिरोहलाई विद्युतीय कारोवार ऐन र ठगीमा मुद्दा दायर गरी अनसुन्धान सुरु गरीएको एसपी थापाले जानकारी दिए । 

उनिहरुको साथबाट सामसुङ कम्पनीको ग्यालेक्सी ट्याव थान, सामसुङ कम्पनीको ग्र्याण्ड म्याक्स मोवाईल, जियोनी मोवाईल, सुनको सिक्री र नगद २ लाख ५३ हजार बरामद गरेको महाशाखाले बताएको छ । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै बिभिन्न अपराधहरु हुन थालेका छन् । जसको कारण प्रहरीलाई टाउको दुःखाईको बिषय बनेको छ । 

सामाजिक सञ्जालमा महिलाहरुले आफ्नो व्यक्तिगत प्रायोजनका लागि राखेका तस्विरहरूसमेत डाउनलोड गरेर त्यसको दुरुपयोग गर्दै चरित्र हत्या गर्न अश्लिल फोटोहरु राखि फेसबुकमा नक्कली एकाउन्ट बनाई अपराधमा गिरोहहरु सक्रिय हुन थालेको प्रहरीको अनसुन्धानबाट खुलासा भएको छ ।  

फेसबुक नयाँ पुस्ताको अनिवार्य आवश्यकता नै बनिसकेको छ । विश्वभरकै आमनागरिकलाई आफ्नो व्यक्तिगत तथा सामाजिक घटनार समाचार सार्वजनिक गर्ने उपयुक्त माध्यम फेसबुक हुन थालेको छ । बिछोड भएका, टाढा रहेका, सम्पक विहीन भएका आफन्त, साथीभाइलाईसमेत फेसबुकले जोडिदिएको छ । फेसबुकका यि पक्ष राम्रा भएतापनि यसबाट अपराधकोे पनि सिर्जना हुन थालेको छ । जसलाई नेपालको कानूनले ‘साइबर अपराध’ को नामले नामाकरण गरेको छ । 

पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक पनि साइबर अपराधबाट अछूतो छैन । सामान्य व्यक्तिदेखि उच्च ओहोदाका व्यक्तिसम्म फेसबुक दुरुपयोगले पीडित र हैरान बनेका छन् महाशाखाका एसएसपी थापा बताउँछन । महाशाखाले यस्तो अपराधको अनसुन्धान गर्न एवटा पिल्लर नै खडा गरेको जसमा दैनिक चार, पाँच वटा उजुरी दर्ता हुने थापाले जानकारी दिए । यस्तो अपराधको शिकार पुरुषभन्दा महिला बढी हुने गरेको प्रहरी रेकडले देखाउछ । यस्तै अपराधको कारण कतिपयको गृहस्थी जीवनसमेत बिग्रिएको प्रहरीको दाबी छ । 

Post a Comment

0 Comments