Subscribe Us

निलम्बित प्रहरी जवान यसरी बने चोरका नाईके

भीमदत्तनगर । श्रीमतीलाई खुकुरी प्रहार गरी ज्यान मार्ने प्रयास गरेपछि जागरिबाट निलम्बित भएका प्रहरी जवान चोरका नाईके बनेको रहस्य खुलासा भएको छ । गत साउनमा पूर्व प्रहरी जवान रविन्द्र साउदले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी ज्यान मार्ने प्रयास गरेपछि उनी जागरिबाट निलम्बित भएका थिए । जागरिबाट निलम्बित भएका साउदले चोरी पेशा अपनाएका हुन । 

कञ्चनपुरको झलारीपिपलडी नगरपालिका–५ का २२ वर्षीय साउदलाई प्रहरीले काठमाडौँको बागबजारबाट नियन्त्रणमा लिई शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याएको प्रहरी उपरीक्षक तुलसी प्रसाद अधिकारीले बताएका छन् ।  

पक्राउ परेका साउदलाई जिल्ला अदालत कञ्चनपुरकोे आदेशले आईतवार जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ  । कञ्चनपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी तथा लुटपाट गर्दै आएका साउदलाई जिल्ला प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोलीले राजधानीको बागबजारमा लुकिछीपि बसेको अबस्थामा पक्राउ गर्न सफल भएको हो । साउदमाथी भीमदत्तनगरपालिका क्षेत्रमा पटकपटक मोटरसाइकल चोरी गरेको तथा बेल्डाँडी सडक खण्डमा लुटपाट गरेको अभियोेग लागेको छ ।  

Post a Comment

0 Comments