Subscribe Us

डलर देखाएर लुट्ने चार अभियुक्त जेल चलान

काभ्रे । खुकुरी प्रहार गरी तिन लाख लुट्ने चार जना अभियुक्तलाई जिल्ला अदालत काभ्रेले थुनामा राख्ने आदेश दिएकोछ । 

थुनछेक आदेश गर्दै आईतवार अदालतले मुद्दा पुर्पक्षको लागी थुनामा राख्ने आदेश दिएकोे हो । अदालतको आदेश पछि प्रहरी हिरासतमा रहेका अभियुक्तहरुलाई जिल्ला कारागार चलान गरिएकोे जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकोे छ ।

 अभियुक्तहरुले गत ७ पुसमा काशीखण्ड नगरपालिका  ४५ बर्षीय कान्छा तामाङलाई बिदेशबाट ल्याएको डलर छ भनी प्रलोभनमा पारी उग्रचण्डीनाला गाबिसस्थित नालाबाट नगरकोट जाने कच्ची सडक बाटोको एकान्त जंगलमा बोलाई ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरी लामाको साथमा भएको तिन लाख रुपैंयापनि लुटेर लगेका थिए । 

सिन्धुपाल्चोक स्याउलेकी लक्ष्मी तामाङ यस घटनाको मुख्य योजनाकार रहेको प्रहरी अनसुन्धानबाट खुलासा भएको थियो । घटना पश्चात प्रहरीले तत्काल  काभ्रेका  दिनेश लामा भन्ने मंगल बहादुर तामाङ, पासाङ तामाङ र सिन्धुपाल्चोक सिम्पालका पदम बहादुर तामाङले योजनाबद्द ढंगले कान्छा तामाङको टाउको तथा शरीरका अन्य भागहरुमा समेत पटक पटक खुकुरी, रड तथा ढुंगाहरु प्रहार गरेको प्रहरीले खुलासा गरेको थियो ।  घटनामा संलग्न  ४ अभियुक्तलाई प्रहरीले गत पौष १५ र १६ गते बिभिन्न स्थानबाट पक्राउ गर्न सफल भएको थियो । अभियुक्तले उनिहरुलाई ठगी तथा ज्यान मार्ने उधोग मुद्दामा अनसुन्धान सुरु गरेको थियो ।

Post a Comment

0 Comments