Subscribe Us

जिल्ला अदालत बिरुद्ध पुनराबेदन पुगे ईन्धन माफिया

काठमाडौं । जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा रहेका एक दर्जन ईन्धन माफिया यहिले पुनरराबेदन अदालतको शरणमा पुगेका छन्् । ईन्धनम कालोेबजारी गरेको प्रमाण भेटिएपछि उनिहरुलाई काठमाडौं, भक्तपूर र ललितपूर जिल्ला अदालतले थुनछेक आदेश गर्दै थुनामा राख्ने आदेश एक महिना अगाडी दिएको थियो । 
अदालतले यि प्रतिबादीलाई यहिले नै बेकसुर भन्ने अबस्था नभएको हुँदा पछि प्रमाण बुझ्दै जाँदा ठहर बमोजिम हुने नै हुँदा अन्तिम फैसाला नभएसम्म सिधा खाना पाउँने गरी थुनामा राख्नु, अदालतको आदेशमा भनिएको छ । तर माफियाहरुले जिल्ला अदालतकोे आदेश चिच्त बुझ्दो नभएको भन्दै आफूहरुले तारेखमा बसेर मुद्दा लड्न पाउँ भन्दै पुनराबेदन अदालत पाटमा १७ नम्बरको निबेदन दर्ता गराएका छन् । 

पेट्रोल पम्पसँग मिलेर उपभोक्तालाई ठगी गरेको आरोपमा नेपाल आयल निगम थानकोट डिपोका प्रमुख रबिन शर्मा र नाप तौल तथा गुणस्तर विभागका पूर्व महाप्रबन्धक तथा सहसचिव रामआधार साहलगाएत एक दर्जन व्यवसायी अहिले थुनामा  छन् । जिल्ला अदालत काठमाडौं, भक्तपूर र ललितपूरले मुद्दाकोे पुर्पक्ष गर्दै उनिहरुलाई एक महिना अगाडी थुनामा राख्न आदेश दिएको हो । 

आदेश सँगै उनिहरु अहिले केन्द्रिय कारागार र नख्खु कारागारमा छन् । सहसचिव रामआधार साह र थानकोट डिपोका रबिनकुमार शर्मा समेत अहिले जेलको हवा खाईरहेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा टेकुले शर्मा र साहलगाएत एक दर्जन व्यवसायीलाई पक्राउ गरेको थियो । पक्राउ परेका शर्मामाथी पेट्रोल पम्पहरुसँग मिलेर उपभोक्ता ठगी गरेको, ईन्धन कम उपलब्ध गराई ठगी तथा कालोबजारी गरेको अभियोग छ । 

भने साहालाई पम्पहरुमा रिमोट फिट गर्न लगाई ठगी गरेको अभियोग छ । उपत्यकाका १९ वटा पम्पहरुमा साहको योजनामा रिमोट फिट गरेको अनुसन्धानबाट खुलासा भएको थियो । भारतको विहारबाट मिस्त्री बोलाएर उपत्यकाका पम्पहरुमा रिमोर्ट जडान गर्न लगाउने मुख्य नाइके साह रहेको प्रहरीको दाबी छ । डिजीटल पम्पमा जडित उक्त रिमोट सिस्टमको यन्त्रले १०० लिटर तेल झार्दा २ देखि १० लिटर कम तेल झार्ने सिस्टम फिट गरेको अबस्थामा उपत्यकका दुई दर्जन पम्पमा महाशाखाले छापा मारेको थियो । 

पक्राउ परेका भारतीय मिस्त्रीमा बिहार मोतीहारीका ४४ वर्षीय नसिम सिद्दिकी, गोरखपुरका अयोब आलम र मोतीहारीकै मिन्टू भन्ने हमिद हुसेन र बिहार मोतीहारीकै मोहम्मद अबरारले पूर्व महाप्रबन्धक साहको सेटिङमा रिमोट फिट गरेको बयान दिएपछि उनि फन्दामा परेका थिए । रिमोट र चिप्स फिट गर्ने चार जना मिस्त्रीपनि मुद्दा पुर्पक्षको लागी जेल चलान भएका छन् । मिस्त्रीकै बयानको आधारमा महाशाखाले पम्ममा छापा मारेर उपभोक्ता ठगी गरेको प्रमाण हात लगाएको थियो ।  जसमा पम्म सञ्चालक देखी डिपो प्रमुखसम्म तानिएका थिए ।  

Post a Comment

0 Comments