Subscribe Us

सिट १८ मा गिफ्ट नभेटिएपछि जेट एयरको विमान आयो काठमाडौं

काठमाडौं। सिट १८ मा गिफ्ट बक्स छ, ह्यापी रिपब्लिक डेु भन्दै अज्ञातस्थलबाट टेलिफोन आएपछि होल्ड गरिएको जेट एयरवेजको फ्लाइट २६० नयाँदिल्लीबाट काठमाडौंमा अबतरण भएको छ ।

फोन आएलगत्तै १०४ यात्रु र चालक दलका सात सदस्यलाई जहाजबाट बाहिर निकालिएको थियो ।   बम थ्रेट एसेसमेन्ट कमिटीले ४ घण्टा लगाएर चेकचाँज गरेपछि बिमान काठमाडौं उडाएको हो ।

 दिउँसो १ः२५ मा उड्नुपर्ने विमानभित्र बम रहेको हल्ला चलेपछि  विमानभित्र रहेका सबैलाई निकालिएको थियो। त्यसपछि आइसोलेसन वेमा लगेर विमानमा बम खोज्न सुरक्षाकर्मी परिचाल गरिएको थियो। अन्ततः साढे चार घन्टा लामो होल्डपछि विमान साँझ ५ः३० बजे दिल्लीबाट काठमाडौंका लागि उडेको थियो।


यसलाई बिथोल्न आतंककारी आक्रमण हुनसक्ने भन्दै सुरक्षा सतर्कता कडा पारिएको थियो। जेटको फ्लाइट मा बम हुनसक्ने खबर आएपछि छानबिन सुरु गरिएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ। जेट एयरवेजले विज्ञप्ति जारी गर्दै दिउँसो १ बजेर २५ मिनेटमा काठमाडौँका लागि उड्नु पर्ने जहाज सेक्युरिटी अलर्टका कारण ढिला भएको जानकारी दिएको थियो।

Post a Comment

0 Comments