Subscribe Us

किशोरीको सामुहिक बलात्कार पछि हत्या

जाजरकोट । रुकुममा सामूहिक बलात्कारपछि एक  १६ बर्षीय किशोरीको हत्या भएको छ । जङ्गलमा दाउरा लिन गएको बेला खोलागाउँ गाविस–५ सर्केनाकी सुस्मिता शाहको सामूहिक बलात्कारपछि मङ्गलबार हत्या भएको प्रहरीले जनाएको छ । 

घर नजिकैको जङ्गलमा दाउरा लिन गएकी सुस्मिता राति अबेरसम्म पनि घरमा नफर्किएपछि परिवारले उनको खोजी गरेको थियो । सोमवार साँझ ४ बजे दाउरा लिन गएकी उनलाई मङ्गलबार मात्र रुखमा झुन्डिरहेको अवस्थामा परिवारका सदस्यले भेटृाएका थिए । 

जिल्ला अस्पताल जाजरकोटमा शव परीक्षणका लागि ल्याइएकी मृतक शाहको सामूहिक बलात्कारपछि हत्या भएको जिल्ला अस्पताल जाजरकोटका डाक्टर दीपक पुनले बताए । पुनले मृतक शाहलाई सामूहिक बलात्कार गरेर हत्या गरिएको रिपोटबाट देखिएको जानकारी दिए ।  

मृतकलाई केही दिनअघि नचिनेको नम्बरबाट केही केटाले फोन गरेर धम्की दिने गरेको र उनीहरुले नै उनको हत्या गरेको हुनुपर्ने खोलागाउँकै स्थानीय निर्मल शाह बताउँछन् । हिमालय उच्च मावि खोलागाउँमा ११ कक्षामा अध्ययनरत शाहको हत्यापछि गाउँ नै शोकमा डुबेको उनले सुनाए । 

प्रहरीले घटनाको गम्भीररुपमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक पुष्पकमल श्रेष्ठले बताए । हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याएर कडाभन्दा कडा सजाय गर्नुपर्ने पीडित परिवार र स्थानीयले माग गरेका छन् 

Post a Comment

0 Comments