Subscribe Us

चिलिमा बिद्यार्थी बिचल्ली पार्ने राई काठमाडौंमा पक्राउ

काकाठमाडौं  । बिभिन्न प्रलोेभन देखाई ४२ बिद्यार्थीलाई चिलिमा विचल्ली पार्ने कन्सल्टेन्सी संचालक प्रहरीको फन्दामा परेका छन् । 

महानगरीय अपराध महाशाखा टेकुले बिद्यार्थी बिचल्ली पार्ने अहेड इन्टरनेसनल एजुकेशनका संचालक निरज राईलाई पक्राउ गरेको हो । 

राईले विद्यार्थीहरुलाई पार्ट टाईम जागिर  मिलाई दिने र त्यहाबाट अमेरिका, क्यानाडा लगाएत युरोपियन मुलकमा सजिलै भिषा लाग्ने आश्वासन दिए ४२ बिद्यार्थीलाई ठगी गरेको महाशाखाले जनाएको छ । 

पीडित बिद्यार्थीले झुठ्ठा आश्वासन दिई विचल्लिमा पारी राईले  ठगी गरेको भन्दै  नेपाली राजदुतावास ब्रासीलिया ब्राजिलमा दिएको निवेदन परराष्ट्र मन्त्रालय हुदै अपराध महाशाखामा पुगेपछी महाशाखाको टोलीले राईलाई नियन्त्रणमा लिएको जनाएको छ ।  बानेश्वरबाट पक्राउ परेका राईलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको महाशाखाले जनाएको छ । 
   

Post a Comment

0 Comments