Subscribe Us

थानकोट डिपोबाट फेरी कालोबजारी,
घुस लिदै ईन्धन दिदै, अध्यक्षको थ्रीब्रर्दश मा दैनिक ईन्धन

पम्महरुलाई पेट्रोलियम पदार्थ वितरण गर्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिसमा मात्र दिने भनिएता पनि आयलनिगमका कर्मचारीले मनपरी ढंगले आर्थिक चलखेल गरी आफू निकट पम्मलाई मागेजति ईन्धन उपलब्ध गराउँदै आएका छन् ।


काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स एशोसिएसन र आयल निगमका केही कर्मचारीकोे मिलेमतोमा पेट्रोलियम पदार्थको कालोबजारी हुन थालेको रहस्य खुलासा भएको छ । एशोसिएसनका केही पदाधिकारीको सिफारिस तथा मिलेमतोमा थानकोट डिपोका कर्मचारीले आफू निकट पेट्रोल पम्मलाई मागेजती पेट्रोलियम पदाथ उपलब्ध गराउन थालेका हुन । थानकोट डिपोेका प्रमुख जगन्नाथ घिमिरेले आर्थिक प्रलोभनमा परेर पेट्रोलियम पदाथको कालोबजारी गर्न थालेको आरोप व्यवसायीले लगाएका छन् । 


घिमिरेले मोटो रकम असुलेर उपत्यकका एक दर्जन पेट्रोल पम्ममा साताकोे चार पटकसम्म पेट्रोलियम पदाथ उपलब्ध गराउन थालेका छन् । यस अघि यसरी कालोबजारी गर्न डिपो प्रमुख रामआधार शाहा यतिखेर मुद्दा पुर्पक्षका लागी सेन्टर जेलमा छन् । आयलनिगम स्रोतका अनुसार उपत्यकका प्रार्य पम्ममा सातामा एक पटक भन्दा ईन्धन आपुर्ति हुदैन । तर घिमिरेले सिफलस्थित आरधना पेट्रोल पम्म, नयाँ बानेश्वरस्थित थ्री ब्रर्दश, नयाँबसपार्कको पायिनियर पम्म, कलंकीस्थित श्री गणेश पम्मलगाएत एक दर्जन पम्ममा दैनिक जसो ईन्धन आपुर्ती गराउँदै आएका छन् । 

दैनिकी ईन्धन पाउँने पम्महरु मध्य थ्री ब्रर्दश पम्म पेट्रोलियम डिलर्स एशोसिएसन अध्यक्ष लिलेन्द्र प्रधानको हो । प्रधान लगाएतका एक दर्जन पम्महरुले दैनिक जसो  ईन्धन पाँउने र अरु पम्मले नपाउँने भएपछि एशोेसियसनका पदाधिकारीको दबाबमा गत शुक्रवार एशोसिएसनले विज्ञप्ति जारी गर्दै निगमले सामान्य लेटरप्याडमा तोक आदेशको भरमा पेट्रोलियम पदार्थ वितरण गर्दा कालोबजारी गरेको आरोप लगाएको थियो । 

पम्महरुलाई पेट्रोलियम पदार्थ वितरण गर्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिसमा मात्र दिने भनिएपनि आयलनिगमका कर्मचारीले मनपरी ढंगले आर्थिक चलखेल गरी आफू निकट पम्मलाई मागेजति ईन्धन उपलब्ध गराउँदै आएको एशोसियसनका एक सदस्यले बताए ।

 कालोबजारीको अभियोग लागेका सबै अहिले मुद्दा पुर्पक्षका लागी कारागारमा छन् ।  एशोसियसकै अध्यक्ष प्रधानको सेटिङमा आयलनिगमका कर्मचारीलाई प्रभाबमा पारेर उनि निकट पम्ममा दैनिक जसो ईन्धन उपलब्ध गराउँने गरेको आरोप व्यवसायीको छ । प्रधानले सञ्चालन गरेको थ्रि बर्दस पम्मले स्कुलको नाममा दैनिक जसो डिजेल बिक्री गर्दै आएको छ । 

संघमा समेत बिबादिद प्रधानले एशोेसियसनकोे हित भन्दा पनि आफ्नो दुनो सोज्याउँने काम गरेको आरोप व्यवसायीलाई लगाएका छन् । आयल निगमसँग मिलेर व्यवसायीले तिरेको बिमाको समेत कमिशन प्रधानले खाँदै आएको व्यवसायीहरु बताउँछन् । आयलनिगमको अलवा व्यवसायीले एक केल ईन्धन ल्याउँदा १५ रुपैंया एशोसियसनको नाममा व्यवसायीले जम्मा गर्ने गर्छन तर त्यसको कुनै हिसाब किताबसमेत नभएको आरोप व्यवसायीको छ । पम्म नबिकरण भन्दै बार्षिक रुपमा एशोसियसनले पम्मसँग असुल्दै आएको ३ हजारकोे दरले लाखौ  रुपैंयामा समेत प्रधानले मनलाग्दी गर्ने गरेको आरोप लागेको छ ।

Post a Comment

0 Comments