Subscribe Us

डलर छाडेर सुनको धन्दा, चार पक्राउ

काभ्रे । नक्कली सुन देखाएर ठगी गरेको अभियोेगमा काभ्रे प्रहरीले चार जनालाई पक्राउ गरेको छ । गिरोहले तिन साता अगाडी सक्कली सुन भन्दै नक्कली सुन दिई ३२ लाख ठगी गर्ने सफल भएका थिए । ठगीएको भन्दै प्रहरीमा उजुरी परेपछि उनिहरु पक्राउ परेका हुन ।

प्रहरी स्रोतका अनुसार ठगीका नाईक तथा योजनाकार काभ्रेका दिलीप थापामगर हुन । प्रहरीले पक्राउ परेकालाई बिहीवार सार्बजनिक गर्ने तयारी गरेको छ । 

पछिल्लो समय डलर देखाएर ठग्ने र लुट्ने वा ठग्ने धन्दाको प्रदाफास भएपछि गिरोहले सुनको नाममा ठगी गर्न सक्रिय हुन थालेका छन् । बिभिन्न बहानामा सुन भेटिएको भन्दै सर्बसाधारणलाई गिरोहले ठगी गर्दै आएका छन् । 





Post a Comment

0 Comments