Subscribe Us

प्रमाणको अभाब देखाउँदै डाः सिकेलाई दियो सर्बोच्च अदालतले सफाई

काठमाडौँ । देश टुक्र्याउने अभिव्यक्ति दिएको अभियोग लागेका डाः सिके  राउतलाई आईतवार  सर्वोच्च अदालतले सफाइ दिएको छ । न्यायाधीश वैद्यनाथ उपाध्याय र जगदीश शर्मा पौडेलको संयुक्त इजलासले राउतलाई कुनै पनि प्रमाण नदेखिएको भन्दै सफाइ दिएको हो । 

देश टुक्र्याउने अभिव्यक्ति दिएको अभियोग डाः सिके बिरुद्ध लागेको थियो । प्रहरीले राउतलाई सन्थाल जातिको एक कार्यक्रममा मधेसलाई टुक्र्याउनुपर्ने भाषण गरेको आरोपमा पक्राउ गरी राज्यविरुद्धको अपराध गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

देश टुक्र्याउने खालको कुनै पनि अभिव्यक्ति दिएको प्रमाण नभएकोे भन्दै विशेष अदालतले राउतलाई सफाइ दिएको थियो । विशेष अदालतको सो फैसलाविरुद्ध सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो । उक्त मुद्दाको अन्तिम सुनुवाई गर्दै आईतवार सर्बोच्च अदालतले राउतलाई बिषेश अदालतको फैसाला सदर गर्दै सफाई दिएको हो । 

देश टुक्र्याउने अभिव्यक्ति दिएको भन्ने अभियोगमा कुनै पनि प्रमाण सरकारी पक्षले पेश गर्नु नसकेको कारण सर्वोच्चले विशेष अदालतकै फैसलालाई सदर गरेको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । 

Post a Comment

0 Comments