Subscribe Us

दश रुपैंया दिएर बालिका बलात्कारको प्रयास

भक्तपुर । भट्टी पसलकी ११ वर्षीया बालिकालाई १० रुपैंया दिएर बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले नगरकोटको बेलबहादुर तामाङलाई पक्राउ गरेको छ । नगरकोट नगरपालिका–११ का ४५ बर्षीय  तामाङले बालिकालाई दश रुपैंया दिई ललाई फकाई एकान्त ठाउँमा लगेर बलात्कारको प्रयास गरेपछि महानगरीय प्रहरी परिसर भक्तपूरले उनलाई पक्राउ गरेको हो । 

श्रीमतीसँग छुट्टिएर बसेका तामाङलाई प्रहरीले हिरासतमा लिई आबश्यक कारवाहीको सुरु गरेको जनाएको छ । त्यसैगरी परिसरले भक्तपुरकै १३ वर्षीया बालिकालाई बलात्कारको प्रयास गर्ने रमेश सुवाललाई पनि पक्राउ गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ झौखेल बस्ने २२ बर्षीय सुवालले १३ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको परिसरले जनाएको छ । 

सामान किन्ने बाहनामा बालिकाको पसलमा पुगेका सुवालले घरमा कोही नदेखेपछि पसलभन्दा भित्रको कोठामा लगेर ति बालिकालाई बलात्कारको प्रयास गरेको परिसर प्रमुख एसपी किरण बज्राचार्यले बताईन् । बालिका बतात्कारको प्रयास गरेको आमाले देखेपछि प्रहरीलाई खबर गरेकी थिईन । पक्राउ परेका सुवाललाई प्रहरीले आबाश्यक कारवाही सुरु गरेको जनाएको छ । 

Post a Comment

0 Comments