Subscribe Us

ठमेलको गल्लीमा पैसा असुल्दै डन मनाङ्गे

काठमाडौं । ठमेललाई आधार क्षेत्र बनाएर दुई दशक देखी गुण्डागर्दीमा सक्रिय राजधानीका गुण्डा नाईके राजिब गुरुङ उफ दिपक मनाङ्गे अहिले ठमेलको गल्ली गल्लीमा आफ्ना सहयोगी परिचालन गरेर पैसा असुल्न थालेका छन् । 

मनाङ्ले आफ्ना सेना मेना परिचालन गरेर सार्बजनिक बाटो र गल्लीमा पार्किङ गरेका मोटरसाईकलको पार्किङ सुल्क भन्दै अबैध तरीकाले पैसा असुल्न थालेका हुन । मोटरसाईकल रोक्न बितित्कै मनाङ्गेका चुल्ठे मुन्द्रेले पार्किङ चार्च भन्दै २० रुपैंया असुल्ने गर्छन । 

एक दिनमा यसरी असुलेको रकम पाँच हजार सम्म हुन्छ । दैनिक पाँच हजारले मासिक ढेड लाख हुन्छ । यसरी असुलेको रुपैंया डन मनाङ्गे देखी महानगरीय प्रहरी बृत्त लैनचौरका प्रहरी अधिकृतको खल्ती सम्म पुग्छ । स्रोतका अनुसार बृत्तका घुमुवा तथा पुराना जुनियर अधिकृतले मनाङ्गेको पार्किङबाट मोबाईल रिर्चाज गर्दै आएका छन् ।

ठमेलको सात घुम्टीस्थित फायर क्लबको पछाडी एमबास्डोर होटल जाने सार्बजनिक गल्लीमा पार्किङ गरिएका मोटरसाईकलको पार्किङ सुल्क मनाङ्गेको नाम लिदै बिशानले असुल्दै आएका छन् । महानगरपालिकाले राजधानीका सबै स्थानमा पार्किङ निःसुल्क  गरेको छ । तर केही ठाउँमा डन र कल्बको नाउँमा गुण्डा नाईकेहरुले जबरजस्ती शुल्क असुल्दै आएका छन् । यि हुन ठमेलमा पैसा असुल्ने डन मनाङ्गेका गल्ली




Post a Comment

0 Comments