Subscribe Us

एसएसपी सर्बेन्द्र खनालको फन्दामा परे दुई डिआईजी

काठमाडौं । राष्ट्रिय अनसुन्धान बिभागको  असई र ईन्सपेक्टरमा जागिर लगाई दिन्छु भन्दै ३४ लाख ठगी गर्ने कालिकोटका सतल महतरासहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जागिर खान प्रतिस्पर्धा गर्नु पर्दैन, सिधै नियुक्ती हुन्छ भन्दै सर्बसाधारणबाट ३४ लाख ४० हजार ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखा टेकुले महतरा, गोरखा गुम्दाका बिकाश गुरुङ र कालिकोटका नेत्रबहादुर शाहीलाई पक्राउ गरेको हो 

। गिरोहले प्रहरी प्रधानकार्यलयको च.नं.२०८ पत्र सं.१५३ बाट प्रहरी निरक्षकक तथा सहायक निरीक्षक गरी ४० जनाको आवश्यक परेको सुचना देखाई आफूहरु जागिर लगाउन सक्षम हुने भन्दै ११ जना युबालाई ठगी गरेका थिए । भर्ना खुलेको सूचना देखाई त्यसमध्ये २० प्रतिशत कोटा आफुले पाएको भन्दै उनिहरुले युवालाई झुक्याए ठगी गर्न भ्याएका थिए । 
 
 प्रहरी भर्नामा २० प्रतिशत कोटा आफुले पाएको भन्दै गिरोहले ११ जना युबाबाट ३४ लाख ४० हजार ठगी गरेको महाशाखा एसपी सहकुल थापाले बताए

गिरोहका मुख्य नायके महतराले ११ जना युवालाई गोरखाका गुरुङ्गमार्फत सिंहदरवार स्थित राष्ट्रिय अनुसन्धान बिभागको बाहिर गेटमा ल्याई डिल गर्दै आएको महाशाखाले जनाएको छ । युवाहरुलाई बिश्वास दिलाउन महतरारले बिभागको गेट अगाडी बोलाउने गरेको महाशाखाका एसपी सहकुल थापाले बताए । महतराले अनुसन्धान निरीक्षकको लागि ७ लाख र सहायक निरीक्षकको लागि ५ लाख लाग्ने भन्दै ११ जनाबाट चौतिस लाख चालिस हजार ठगी गरेको एसपी थापाले बताए ।

 गिरोह मध्यका शाहीले आफुलाई डिआईजी कमल सिंह बम बताउने गरेको अनसुन्धानबाट खुलासा भएको छ । गिराहमा गुरुङ्गले वेरोजगार युवा खोजी गरी सम्पर्कमा ल्याउने जिम्मा पाएका थिए । असुलेको रकम भने गंगा प्रसाद न्यौपानेको ग्लोवल आई एमई बैंकको खाता नं.०८०७०१०००८९३८मा जम्मा गर्ने गरेको महाशाखाले जनाएकोे छ ।  

पक्राउ परेका सतल महतराको कोठाबाट प्रधानकार्यलबाट प्रकाशित गरिएको सुचना, छनौट भएका देश भक्त जवानहरु ४६ जनाको नामवली रहेको कागजात समेत फेला परेको महाशाखाले जनाएको छ ।  पक्राउ परेका ३ जनालाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडांै पठाईएको महाशाखाले जनाएको छ । उक्त घटनामा अन्य व्यक्तिहरुको समेत संलग्नता हुन सक्ने आंशका गर्दै महाशाखाले थप अनुसन्धान समेत जारी राखेको जनाएको छ ।

Post a Comment

0 Comments