Subscribe Us

बिबादिद धाख्वा अध्यक्षकोे उम्मेदवार

काठमाडौं । नेपाल एसोसियसन अफ् टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को महासचिव मिहिका धाख्वाले अध्यक्षमा उम्मेदवारी दिएपछि संगठन भित्र बिबाद सुरु भएको छ । 

संगठनमा आफू भन्दा सिनीयर हुँदा हुँदै धाख्वाले महत्वकांक्षि बनेर उम्मेदवारी दिएको संगठनका पदाधिकारीले यतिखेर आरोप लगाउन थालेका छन् । 

धाख्वाको उम्मेदवारीको कारण नाट्टाको चुनावमा तीन प्यानलको प्रतिस्पर्धा हुने भएको छ । आफ्नै प्यानलका वर्तमान प्रथम उपाध्यक्ष शम्भुराज पाठकले अध्यक्षमा उम्मेदावारी दिएपनि धाख्वाको महत्वकांक्षाको कारण अर्को प्यानलको तर्फबाट अध्यक्षका उम्मेदवार मधुसुदन आचार्यलाई फाईदा पुगेको नाटाका सदस्यहरु बताउँछन् ।

 ५२ औं वार्षिक साधारणसभा तथा नाट्टाको निर्वाचन ३ मागमा दरवारमार्गस्थित होेटल याक एण्ड यतिमा हुने निश्चित भएकोे छ । चुनाबी मैदानमा तीन वटा प्यानल खडा भएपनि पाठक र आचार्यको कडा प्रतिस्पर्धा हुने स्रोतको दाबी छ । सहमतीय नेतृत्वमा जाने प्रयास असफल भएपछि तीनै पक्ष चुनाबी मैदानमा उत्रिएका हुन । चुनाबी मैदानमा उत्रिएकी धाख्वा भने नाट्टाको कार्यसमितीमा बिबादिद पदाधिकारीको रुपमा चिनिन्छिन् । 

संगठनलाई फाईदा भन्दा घाटा हुने काम गरेको आरोप उनिमाथी छ । व्यवसायीहरुले ईयरलाईन्सहरुलाई १५ दिनमा तिर्दै आएको पेमेन्ट महासचिव धाख्वाले आर्थीक प्रलोभनमा परेर सातामा तिर्नै पर्ने बाध्यामक नियम लागू गरेको आरोप उनीमाथि छ । यो नियम लागू गर्न धाख्वाले ईयरलान्ईससंग मोटो रकमको चलखेल गरेको स्रोतको दाबी छ । नाट्टाले दक्ष जनशक्ति उत्पादन गर्न केही बर्ष देखी बर्षको ४५ जनालाई टूर एण्ड ट्राभलकोे ट्रेनिङ संञ्चालन गर्दै आएको थियोे । 

तर धाख्वाको कार्यकालमा उक्त ट्रेनिङ नाट्टामा बन्द गराई उनले आफ्नै जिस्ट होलिडेज ट्राभलबाट संञ्चालन गरी करोडौ रुपैंया असुल्न सफल भएकी थिईन् । नाट्टले १५  सय  नेपाली रुपैंयामा  दिदै आएको सो ट्रेनिङ धाख्वाले १५  सय डलर लिएर सञ्चालन गरेको स्रोत बताउँछ । त्यसोेत धाख्याले नाट्टालाई ओरालो लगाउन तथा बदनाम गराउन पशुपती बिकाश कोषले उपलब्ध गराएको जग्गा समेत आर्थीकको कारण देखाउँदै फिर्ता गर्ने निर्णय गराएको नाट्टाको एक पदाधिकारी बताउँछन् । 

पशुपती क्षेत्रको साडे तीन रोपनी जग्गामा टुरिजम पार्क बनाउने योजना अन्र्तगत नाट्टाले उक्त जग्गा पशुपती बिकाश कोषसँग २०१० मा लिएको थियो । धाख्वा महासचिव भएकोे कार्यसमितीले आर्थिक अभाब देखाउँदै उक्त जग्गामा पार्क बनाउन नसकिने निर्णय गराई जग्गा फिर्ता गराएपछि नाट्टाका पदाधिकारी उनिसँग रुष्ट बनेका छन् । महासचिवकोे कार्यकालमा संगठनलाई उमो लगाउँने भन्दा उँदो लगाउँने काम गर्ने धख्वा अध्यक्षमा निर्बाचित भए संगठनले ठूलो घाटा व्यहोर्नु पर्ने सर्बसाधारण व्यवसायीको बुझाई रहेको छ । 

Post a Comment

0 Comments