Subscribe Us

महामन्त्रीमा निधिको उम्मेद्वारी पक्का

काठमाडौं । नेपाली काँग्रेशका पूर्व महामन्त्री तथा कार्य समिति सदस्य विमलेन्द्र निधिले पार्टीको १३ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने भएका छन । तराई मधेशमा कमजोर बन्दै गएको पार्टीको पहुँच र देशको परिवर्तित स्वरुपको सम्बोधनका लागि आफ्नो उम्मेद्वारी अनिबार्य भएको बताउदै निधिले महामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन । 

देशभरको भम्रण र देशभरका पार्टी कार्यकर्ताको सल्लाह र सुझाव पछि निधिले उम्मेदवारी दिने तय गरेका हुन । पार्टीका नेताहरु माझ तराई मधेशको समस्या सम्बोधनका बिषयमा फरक मत राख्दै आएका निधिको उम्मेदवारी देश, जनता र प्रजातन्त्रका लागि भएको धनुषा जिल्ला सभापति राम सरोज यादवले बताए । यादवका अनुसार निधिले केही दिनमै औपचारिक कार्यक्रम मार्फत आफ्नो उम्म्ेदवारी सार्वजनिक गर्ने तयारी गरिरहेका छन ।  

नेता निधि नेपाली काँग्रेशमा उदार र उदाहरणिय प्रजातन्त्रका प्रर्वतक मानिन्छन । परिवारले जहाँनिया राणा शासन र पञ्चायती ब्यवस्था बिरुद्ध दिएको त्याग र बलिदानलाई नजिकबाट हेरेका निधि सरल र सहज राजनितिज्ञका रुपमा परिचित छन । निधिले देशमा पछिल्लो समय देखिएको समस्या सम्बोधनका लागि नेतृत्व पक्तिमा पहल गर्दै आएका छन । 

नेता निधिले देशलाई एकसुत्रमा बाधेर विपिको समाजवाद, सर्वोच्च नेता गणेशमान सिंहको अडिग बिचार र सन्त नेता कृष्णप्रसाद भट्टराईको कुटनीतिलाई पार्टीले कार्यन्वयनमा लैजानुपर्ने विचार राख्दै आएका छन । दोस्रो जनआन्दोलनको सफलता पछि पार्टीमा देखिएको अस्थिर र असफल कुटनीतिका कारण पार्टीका धेरै नेता र कार्यकताले पार्टी छाडेर गएको ठहर निधिको छ । हिमाल, पहाड र तराई मधेशका बिषयमा पार्टीले लिएको पुरातन सोचका विरोधी मानिने निधिको उम्मे्दवारी अर्थपूर्ण मानिएको छ ।

परिवार नै पार्टी राजनीतिमा सकृय रहेपनि निधि विद्र्यार्थी राजनीति हुदै पार्टीमा आफ्नै बलबुताले स्थान बनाउन सफल भएका हुन । निधि नेपाल विद्र्यार्थी सँघको पूर्व अध्यक्ष हुदै पार्टीको महामन्त्री भै सकेका छन । नेता निधिले आफ्नो करिब पाँच दशक लामो राजनीतिक यात्रामा सात वर्ष जेलमा बिताएका छन ।

विभिन्न समयमा देशको मन्त्री भै सकेका निधि पार्टीमा स्वच्छ छबी भएका  नेताका रुपमा मानिन्छन । राजनीतिक शास्त्रमा त्रिभुवन विश्व बिद्यालयबाट स्नाकोत्तर गरेका निधि संविधान सभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित संसद हुन । 

Post a Comment

0 Comments