Subscribe Us

गायिका शाहालाई साधारण तारेखमा छाड्न अदालतको आदेश,
सम्पत्ती सुद्धिकरणको मुद्दा दर्ता भएन

काठमाडौं । मिटर व्याजमा पैसा लगानी गरेको अभियोेग लागेकी गायिका रेखा शाहालाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाडेको छ । क्यासिनोको लतमा फसेका नामुद जुवाडे सन्दिपराज काफ्लेलाई मिटर व्याजमा पैसा लगानी गरेको अभियोगमा गायिका शाहा माथी लागेको थियो । 

अदालतले थुनछेकको आदेश गर्दै शाहालाई साधारण तारेखमा छाड्न मंगलवार आदेश दिएको हो । मिटर व्याजमा लगाएको पैसा असुल्न काफ्लेको बाबु सुवासराज काफ्लेलाई धम्क्याएपछि उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले हिरासतमा लिएको थियो ।

 शाहा सँगै उनको श्रीमान ईन्द्र गुरूङ्लाई प्रहरीले सार्बजनिक अपराधको मुद्दा लगाएको थियो । दुबै जनालाई साधारण तारेखमा अदालतले छाडेको मुद्दाका डिएसपी दिनेश आर्चायले बताए । 

गायिका शाहले जुवाडे काफ्लेलाई ११ लाख रुपैंया मिटर व्याजमा लगानी लगाई एक बर्षको अबधिमा एक करोड ४६ लाख असुल्न बाबु सुवासराजलाई धम्क्याईएको भन्दै प्रहरीले शाहा र उनको श्रीमानलाई पक्राउ गरेको थियो । 

जुवाडे संन्दिप सम्र्पकमा नआएपछि गायिका शाहाले श्रीमान र केही भाडाका गुण्डाको समेत प्रयोेग गरेर उनको बाबुलाई धम्क्याउन थालेपछि प्रहरीमा उजुरी परेको थियो । मिटर व्याजमा लगाएको पैसाको समेत स्रोत खोज्न प्रहीले सम्पत्ती अनसुन्धान बिभागलाई फाईल पठाएको थियो । तर बिभागले क्षेत्रअधिकार भित्र नपर्ने भन्दै मुद्दा दर्ता नगरेको परिसर स्रोतले बताएको छ ।

Post a Comment

0 Comments