Subscribe Us

आफ्नै मन्त्री र कार्यकर्ताको घेरामा प्रचण्ड


काठमाडौं । पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको सरकारलाई गरेको समर्थन र आप्mनै पार्टीका मन्त्रीका कारण एकीकृत नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अप्ठ्यारोमा परेका छन् ।

पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुले राम्रो काम नगर्नुका साथै प्रधानमन्त्री ओलीले आपूm अनुकुल निर्णय गर्दै अघि बढेको भन्दै सरकारको समर्थन फिर्ता गर्न र नभए मन्त्रीहरुलाई फिर्ता बोलाउन दबाब बढेपछि दाहाल अप्ठ्यारोमा परेका हुन् ।

 केही सातादेखि सरकारको कामप्रति असन्तुष्टि व्यक्त गर्दै आएका दाहालले ओली सरकारलाई गरेको समर्थन फिर्ता लिन सक्ने संकेत समेत दिइसकेको छ । तर यद्यपी दाहालले समर्थन फिर्ता लिन सक्ने घुमाउरो संकेतबाट प्रधानमन्त्री ओलीलाई धम्की र घुर्की देखाए पनि समर्थन फिर्ता लिने अवस्थामा एमाओवादी नरहेको स्रोतले बतायो ।

पार्टी पुर्ननिर्माणको क्रममा तराईका जिल्ला पुगी बास समेत बसेका दाहाललाई कार्यकर्ताले समेत पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीले भ्रष्टचार गरेको, घुस खाएको र प्रभावकारी काम गर्न नसकेकाले चाँडोभन्दा चाँडो फिर्ता बोलाउन दबाब दिएपछि दाहाल अप्ठयारोमा छन् । गृहमन्त्री शक्ति बस्नेत, आपूर्तिमन्त्री गणेशमान पुन, सामान्य प्रशासन मन्त्री रेखा शर्माको कार्यशैलीप्रति कार्यकर्ता र पदाधिकारीले नै असन्तुष्ट व्यक्त गर्दै केही सातादेखि फिर्ता बोलाउन दबाब बढेको छ ।

गृहमन्त्री बस्नेत दाहालको विश्वास पात्रका आधारमा उनले बस्नेतलाई फिर्ता बोलाउने सम्भावना कम छ । त्यसैगरी आपूर्तिमन्त्री पुन र सामान्य प्रशासनमन्त्री शर्मालाई पनि प्रचण्ड आप्mनै निर्णयमा पठाएको हुनाले उनलाई फिर्ता बोलाउने कि नबोलाउने भन्ने दोधार परेको छ । कार्यकर्ता जोगाउन र पार्टीभित्रको असन्तुष्टिलाई सम्बोधन गर्न जुनसुकै बेला मन्त्रीलाई फिर्ता बोलाउन सक्ने भन्दै दाहालले अभिव्यक्ति दिए पनि यथार्थमा भने दाहाल फिर्ता बोलाउने विषयले अप्ठ्यारोमा परेको बताइएको छ ।

ओली सरकारलाई गरेको समर्थन फिर्ता लिइएको खण्डमा प्रतिपक्षी बाहेकका ठाउँ नदेखेपछि दाहालले तत्काल समर्थन फिर्ता नलिने मनसाय बनाएको र त्यही निर्णय असन्तुष्टि पक्षलाई जानकारी दिएको प्रचण्ड निकट स्रोतले बतायो । स्रोतका अनुसार दाहालले केही मन्त्रीलाई भने फिर्ता बोलाउने तयारी गरेको छ ।


एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) ले प्रधानमन्त्री ओली आपूmखुशी अगाडि बढेको खण्डमा एमाओवादीले समर्थन फिर्ता लिने बताए । ‘पछिल्लो समय प्रधानमन्त्री ओली आपूm अनुकुल निर्णय गर्दै अगाडि बढिरहनुभएको छ’ कमाण्डर पोष्टसँग उनले भने–‘ओलीले जे गरे पनि समर्थन गर्छ भन्ने सोच्नु गलत हो ।’ प्रभावकारी ढंगले काम गर्न नसक्ने मन्त्रीलाई पार्टीले फिर्ता बोलाउने बताए । कुन–कुन मन्त्रीलाई कहिलेसम्म फिर्ता बोलाइन्छ भन्ने विषयमा भने उनले केही खुलाउन चाहेनन् ।

आपूर्तिमन्त्री गणेशमान पुनले संकट र कर्मचारीको असहयोगका कारण जनताले देखिने गरी काम गर्न नसकेको बताए । ‘जनताले देखिने योजनाहरु अगाडि सारिरहेको छु, तर कही न कहीबाट असहयोग भइहाल्छ’ उनले भने–‘पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउँछ भने मेरो चित्त दुखाई रहन्न ।’

पार्टीले मन्त्रीलाई फिर्ता बोलाउने विषयलाई लिएर छलफल थालेपछि माओवादी भित्रका पदाधिकारी र नेताहरु मन्त्री बन्ने दौडधुपमा समेत लागेका छन् । मन्त्रीलाई कुनै पनि हालतमा फिर्ता बोलाउन लगाई स्थायी समिति सदस्य गोपाल किराँती, जनार्दन शर्मा लगायतका केही नेता मन्त्री बन्ने दाउमा प्रचण्डलाई अप्ठ्यारोमा पारिरहेको बताइएको छ । किराँती र शर्माले पार्टीभित्रै मन्त्रीलाई फिर्ता बोलाउन दबाब दिन समुह समेत बनाइएको आरोप समेत लागेको छ ।

पार्टी नेतृत्वलाई उनीहरुले मन्त्रीलाई फिर्ता बोलाई काम गर्न सक्ने मन्त्री पठाउन भन्दै दबाब दिँदै आएका छन् ।

Post a Comment

0 Comments