Subscribe Us

डिआईजी सरुवामा प्रचण्ड र लोकमानको स्वार्थ

digsaकाठमाडौं । नेपाल प्रहरीका डिआईजीहरुको सरुवामा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको स्वार्थ जोडिएपछि सरुवामा अन्यौल देखिएको छ । केन्द्रिय अनुसन्धान व्यूरो(सिआईबी), एयरपोर्ट, ट्राफिक महाशाखा, क्षेत्रका डिआईजीहरुको अवधि एक वर्ष पुगिसकेको छ ।

 सोही कारण प्रहरीमा डिआईजीहरुको सरुवाको तयारी भइरहेको छ । तर, यो सरुवामा गृहमन्त्री र आईजीपी भन्दा प्रचण्ड निवास र टंगालस्थित लोकमानको निवास बढि हावी देखिएको एक डिआईजीले बताए । प्रहरी नियमावलीले डिआईजी सरुवाको अधिकार गृहमन्त्रीलाई दिएको भएपनि यतिबेला प्रहरी अधिकारीहरुको दौडधुप गृह मन्त्रालयमा होइन लाजिम्पाटमा बढि देखिएको छ । आईजीपीका भावी दाबेदारका रुपमा चिनिएका डिआईजीहरु नवराज सिलवाल र जयबहादुर चन्दको पहिलो रोजाई सिआईवी नै हो । त्यस्तै, बाहिर त्यति प्रचारमा आउन नचाहने डिआईजी बमबहादुर भण्डारी पनि आकर्षक ठाउँमा जान चलखेलमा छन् ।

 गृहमन्त्री शक्ति बस्नेत र आइजीपी उपेन्द्रकान्त अर्याल भने सक्षम र क्षमतावान डिआईजीलाई सिआईवीमा पठाउन चाहन्छन् । स्रोतका अनुसार डिआईजीहरु प्रकाश अर्याल, मिङमार लामा र केशरीराज घिमिरे प्रचण्डको छनौटमा परेका छन् । अख्तियारमा रहेका पशुपति उपाध्यायलाई अख्तियार प्रमुख कार्कीले मध्यक्षेत्र लैजान खोजेका छन् । ‘अख्तियारमा कार्कीले सिलवाल र चन्दमध्ये एकलाई ताकेता गरिरहेका छन् । तर, त्यो भने संभव छैन ।’–स्रोतले भन्यो ।  सिलवालको सिआईवीमा सरुवा नभए ट्राफिकमा संभावना पनि बढेको छ । डिआईजी अर्याल भने ट्राफिकमा सरुवा हुन लविङमा छन्, आजको यूनाइटेड पोस्टमा खबर छ   ।

 स्रोतका अनुसार केशरी घिमिरेलाई पूर्वाञ्चल र मिङमार लामालाई सुदूरपश्चिमको प्रमुख बनाउन प्रचण्डले लविङ गरेका छन् । सुदुरपश्चिममै श्याम खड्काले पनि ताकेता गरेका छन् । पश्चिमाञ्चलमा दुई महिना अघि सुदूरपश्चिममा सरुवा भएका माधव नेपालले इच्छा देखाएका छन् । तर, आईजीपी अर्याल भने कमलसिंह बमलाई पठाउन चाहन्छन् । त्यस्तै, मध्यक्षेत्रका डिआईजी देवेन्द्र सुवेदीलाई प्रवत्ता बनाउने संभावना छ । डिआईजी हेमन्त पाल एयरपोर्ट जान लविङमा छन् भने रणबहादुर चन्दले पनि क्षेत्रको इन्चार्जमा ताकेता गरेका छन् ।

Post a Comment

0 Comments