Subscribe Us

हत्या र लुटपाटको आरोपमा सेनाका जवान पक्राउ

ईटहरी । हत्या गरी लुटपाट गरेको आरोपमा नेपाली सेनाका जवान पक्राउ परेका छन् ।  नेपाली सेनाको श्री २ नं बाहिनी अड्डा हिले धनकुटामा कार्यरत श्री दल गुल्म खादबारीका सिपाही वर्ष ३१ को नवराज शाहीलाई महिला हत्याको आरोपमा ईलाका प्रहरी कार्यलय ईटहरीले पक्राउ गरेको हो । 

शाहीले २१ पुसमा ईटहरी उपमहानगरपालीका २ स्थित शान्तीनगर सामुदायिक वन भित्र भोजपुर जरायोटारबस्ने वर्ष ४१ की शान्तीमाया राईको हत्या गरेको प्रहरी अनसुन्धानबाट खुलासा भएको छ ।

 हत्या पश्चात शाहीले मृतकको साथमा भएको नगद तथा गरगहना र मोबाईल समेत लुटी फरार भएका थिए । पक्राउ परेका शाहीकोे साथबाट प्रहरीले लुटी लगेका नगद, गरगहना र मोबाईलसमेत बरामत गर्न सफल भएको जनाएको छ । 

शाहीलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आबश्यक कारवाही सुरु गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसंधानको क्रममा आरोपीत शाही र मृतक महिला बिच दुई वर्ष देखि चिनजान रहेका तथा बेला बेलामा भेटघाट हने गरेको प्रहरी अनसुन्धानबाट खुलासा भएको छ । 

Post a Comment

0 Comments