Subscribe Us

ठेकदार सानुका कानु गुण्डा पक्राउ

काठमाडौं । ललितपूर क्षेत्रलाई आधार बनाएर गुण्डागर्दीमा सक्रिय गुण्डाका एक सदस्य पक्राउ परेका छन् । ठेकदारको आबरणमा दुई दशक देखी गुण्डागर्दीमा सक्रिय सानु मोक्तान समुहका सदस्य कानु भन्ने भोला खड्का पक्राउ परेका हुन । 

कानुलाई महानगरीय अपराध महाशाखाको टोलीले शनिवार धापाखेलबाट नियन्णमा लिएको जनाएको छ । 

ललितपुरमा ठेक्का पट्टाको नाममा गुन्डागर्दी र धाक धम्की दिई विभिन्न व्यक्ति र व्यवसायीसंग जवरजस्ती रूपमा रकम उठाउने गरेको आरोपमा महाशाखाले कानुलाई पक्राउ गरेको हो । ललितपूर निमार्ण व्यवसायी संघमा लामो समय अध्यक्ष समेत रहेका  मोक्तानले कानुलाई आपराधिक गतिबिधीमा प्रयोग गर्दै आएका थिए । 

कानुलाई महानगरीय प्रहरी बृत कालिमाटीले १५ कातिक २०६४ मा मानव वेचविखन तथा ओसार पसार मुद्दा समेत कारवाही गरेको थियो । ललितपूरलाई आधार क्षेत्र बनाएर निर्माण व्यवसायीको खोल ओडेका सानुको कारण खुख्यात गुण्डा नाईके रमेश बाहुन भन्ने सुजन पौंडेलले मिनकृण्ण मर्हजनलाई गोली प्रहार गरेका थिए । 
ठेकदार सानुले बाहुनलाई कमिशनको पैसा महर्जनले नदिनु भनेको छ, महर्जनलाई ठिक नपारेसम्म संघबाट पैसा दिन नमिल्ने भो भन्दै बाहुनलाई उचालेपछि मर्हजनमाथी बाहुनले गोली प्रहार गरेको स्रोतको दाबी छ । सो गोली काण्डका योजनाकार समेत ठेकदार सानु रहेको चर्चा गुण्डा सर्कलमा छ । महर्जनको मृत्यु र बाहुनको जेलको बास गराई ठेकदार सानु ललितपूर कब्जा गर्ने रणनीतिमा थिए स्रोत भन्छ ।  

बाहुनले पाउने ठेक्काको कमिशन सानुले मर्हजनले लिएको बताएपछि बाहुनले महर्जनलाई गोली ठोकेका थिए । पछिल्लो समय ठेकदारको आबरणमा सानुलाई कानु जस्ता भाडाका गुण्डालाई प्रयोग गर्दै आएका छन् । पक्राउ परेका कानुलाई महाशाखाले आबाश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपूर पठाएको जनाएको छ । 

Post a Comment

0 Comments