Subscribe Us

ढाकामा नेपाली खेलाडीले उपाधि चुम्दा काठमाडौंमा एसएसपी खनाललाई बधाईको ओईरो

काठमाडौं । नेपालले २३ वर्षपछि अन्तराष्ट्रिय फुटबलको उपाधि हात पार्दा त्यसको श्रेय महानगरीय अपराध महाशाखा एसएसपी सर्बेन्द्र खनाललाई गएको छ । 

शुक्रबार भएको फाइनलमा बहराइनलाई ३ गोलको अन्तरले पराजित गर्दै बङबन्धु कप फुटबलको उपाधि नेपालले हात पारेपछि सामाजिक सञ्जाल फेसबुकका वाल एसएसपी खनालको फोटोले भरिएका छन् ।

 म्याच फिक्सिङको आरोपमा नेपाली फुटबल टोलीका कप्तानसहित आधा दर्जन खेलाडी पक्राउ परेकै कारण नेपाली टिमले उपाधि चुम्न सफल भएको ठहर अधिकांसले फेसबुक मार्फत व्यक्त गरेका छन् । यसलाई सम्योग मात्र मान्न नसकिने धारणा सर्बसाधारणले गर्न थालेका छन् । 

यो २३ वर्षपछि नेपालले जितेको अन्तराष्ट्रिय फुटबल उपाधि  हो । यसअघि नेपालले १९९३ मा साफ गेम्समा स्वर्ण जितेको थियो । म्याच फिक्सिङको अभियोगमा पक्राउ परेर धरौटीमा छुटेका नेपाली फुटबल टिमका निलम्बित कप्तान सागर थापाले यसै हप्ता एक अनलाइनमा अन्तर्वार्ता दिदै ूआफुलाई नाङ्गो बनाएर चोकमा उभ्याएको ू जस्तो आफुले अनुभव गरेको बताएका थिए ।

२३ बर्षपछि नेपाली फुटबल टिमले अन्तर्राष्ट्रिय फुटबलको उपाधी चुम्नुमा एसएसपी खनालको महत्यपूर्ण योगदान रहेको भन्दै सर्बसाधारणले समाजिक सञ्जाल फेसबुक मार्फत उनलाई बधाई समेत दिन थालेका छन् ।  यस्ता छन् खनाललाई दिईएको बधाईः 
Nikhil Karkee Safal एस्ता राम्रा अफिसर नेपालमा भए अझ हामी नेपालीको सिर उच्च हुँदै जान्थ्यो कि,,
Babu Arjai               हजुर लाई राष्ट्र का तर्फबाट धेरै धेरै बधाई छ ।हजुकाे कदम सराहनिय छ।
Keshav Thapa Niru मेरो पनी बधाई छ नेपाली फुटबल टिम र सर्बेन्द्र खनाल को टिम लाई धेरै धेरै धन्यबाद दुबै टिम लाई
Narendra Pathak yastai gari deshka gaddar neta haru lai pani karbhahi garera aagadi badna sakya desh kati sundar hune thiyo hola????????????????????????

 Rameshwor Thapa     Salute Chha intelligent officer lai.
Ramji Aryal           हजुर लाई राष्ट्र का तर्फबाट धेरै धेरै बधाई छ ।हजुकाे कदम सराहनिय छ।







 

Post a Comment

0 Comments