Subscribe Us

चोरी गरेरै ललितपुरमा घर

काठमाडौँ, १८ माघ ।

खड्का समूहले धनी र विदेशीको घर छान्दै चोर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरूले लामो समयदेखि चोरी गर्दै आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पीताम्बर अधिकारीले बताए । सहयोगी कुमार भन्ने रघुनाथ बस्नेतसहित खड्कालाई महानगरीय प्रहरी परिसर ललितपुरले शनिबार पक्राउ गरेको छ भने अरू फरार छन् ।

पछिल्लोपटक खड्का समूहले सानेपास्थित डा। सन्तोष शाक्यको घरबाट १० लाख ८० हजार रुपैयाँबराबरको धनमाल चोरी गरेको थियो । सोही घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूको दर्जनौँ चोरी खुलेको हो । ६ वटा ठूला चोरी खुलिसकेको र थप अनुसन्धान जारी रहेको डिएसपी दयानिधि ज्ञवालीले बताए । उनीहरूले ०६५ देखि चोरी गर्दै आएको प्रहरीले जनाएको छ ।

१५ मंसिर ०७१ मा झम्सीखेलस्थित रमा केसीको घरबाट पाँच लाख ८६ हजार, एकान्तकुना बस्ने विदेशी नागरिक एमोस स्टोल्जफसको डेराबाट २२ वैशाख ०६६ मा दुई लाख ८० हजार र ३ साउन ०६६ मा दुई लाख ५८ हजारबराबरको धनमाल, २० चैत ०६५ मा सानेपामा विदेशी नागरिक माइबल बेस्टनको घरबाट एक लाख ९१ हजार रुपैयाँबराबरको धनमाल चोरी गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार मुख्य नाइके खड्का आफैँ चोर्न जाँदैनथे । ‘उनी धनीहरूको घर पहिचान गरी योजना बनाएर सहयोगीलाई चोर्न पठाउँथे,’ डिएसपी ज्ञवाली भन्छन्, ‘चोरी गरेर ल्याएको सामान आफैँले बिक्री गरी चोरी गर्नेलाई थोरै दिएर धेरै आफूले राख्ने गरेको खुलेको छ ।’ पछिल्लोपटक डा। शाक्यको घरबाट चोरी भएको सुनको गहना र आइफोन खड्काबाटै बरामद भएको प्रहरीको भनाइ छ ।

रामेछाप बेथान घर भएका मुख्य नाइके खड्काको ललितपुरको टीकाथलीमा भव्य घर छ । आपराधिक गतिविधिबाटै कमाएको पैसाले उनको घर किनेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खड्काको सो घरको पनि छानबिन हुने नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Post a Comment

0 Comments