माग २७ गत बुधवार अपराध खबर डिजिटल पत्रिकामा प्रकाशित जेलबाट छुट्नसाथ फिरौतीमा सक्रिय गुण्डा नाईके सगुन श्रेष्ठ भन्ने समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ ।
समाचारमा उल्लेख भएजस्तो म अहिले गुण्डागर्दीमा सलग्न छैन । र कुनै पनि गैर कानूनी काममा मेरो संलग्नता रहने छैन । प्रचलित नियमकानूनको परिधिभित्र रहेर मैले आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको छु । समाचारमा उल्लिखित भएजस्तो हाईड्रो पावरबाट मैले पैसा मागेको तथा ठेकदारलाई धम्क्याएको छैन ।
२०६८ सालबाट कुनै पनि आपराधिक क्रियाकलापमा सलग्नता नहुँदा नहुँदै मलाई नियोजित तरीकाबाट अपहरण मुद्दा लगाई जेलमा हाल्ने काम भयो । जुन मुद्दामा मलाई सम्मानित अदालतले गत साता सफाई दिईसकेको छ । । प्रकाशित समाचारले सामाजिक र परिवारीक जिनबमा समेत असर पुगेको सम्पादक ज्यूलाई अबगत गराउन चाहुन्छु ।
सगुन श्रेष्ठ। भक्तपूर
0 Comments