Subscribe Us

ठगी गर्ने कन्सलटेन्सीका सञ्चालक घले पक्राउ,
कन्सलटेन्सीको आबरणमा मानब तस्करी

काठमाडौँ, ४ फागुन । रोजगारीको लागि जापान पठाई ठगी गर्ने कन्सलटेन्सीका सञ्चालक गोरखा जिल्ला खरिबोट गाविस घर भई काठमाडौँ गंगबुमा  ‘आरडिसी एजुकेसन कन्सल्टेन्सी’ का सञ्चालक सोमराज घलेलाई प्रहरीले पक्राउ गरेको छ ।

गोरखा हंसपुर गाविसका गणेश अधिकारीलाई जापानमा चाउचाउ कारखानामा आर्कषक तलबमा काममा लगाई दिने भनी प्रलोभन देखाई रु ११ लाख ५० हजार रकम लिई जापान पठाएका थिए ।

अधिकारी जापान गइसकेपछि काम पाउनुको सट्टा करिब एक महिना त्यहाँको जेलमा परी आफ्नो खर्चमा नेपाल फिर्ता आएपछि विदेशमा पठाई अलपत्र पारी ठगी गर्ने व्यक्तिलाई कारबाही गरी पाऊँ भनी महानगरीय अपराध महाशाखामा दिएको जाहेरीको आधारमा घलेलाई महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार गोँगबुबाट पक्राउ गरेको हो । महाशाखाले पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको छ

Post a Comment

0 Comments