Subscribe Us

पूर्ब आईजीपी वन्तसहित ११ बिरुद्ध भ्रष्टाचार मुद्दा,< br> आईजीपी बचाउन खोज्दा डिआईजी चिप्लिए

काठमाडौं । अख्तियार दुरुपयोग अनसुन्धान आयोगले सशस्त्र प्रहरी बलका पूर्ब आईजीपी कोषराज वन्तसहित ११ जना बिरुद्ध बिषेश अदालतमा मुद्दा दर्ता गरेको छ । आयोगले समान ढुवानी प्रक्रियामा नक्कली बिल बनाएर भ्रष्टाचार गरेको दाबी गर्दै आईतवार उनिहरु बिरुद्ध बिषेश अदालतमा अभियोग दर्ता गरेको हो ।

भ्रष्टाचार प्रकरणमा बाहलवाला डिआईजी अरबिन्द धिताल पनि मुछिएका छन् । अनसुन्धानको क्रममा डिआईजी धितालको संल्गनता भेटिएपछि उनलाई फरार देखाउँदै आयोगले मुद्दा दर्ता गराएको स्रोतले बतायो । सशस्त्र प्रहरी बललाई भ्रष्टाचार गर्न सहयोग पुर्याएकोे भन्दै अख्यितारले सादाज्योति ट्रान्सर्पोटका सञ्चालक उज्वलकुमार थपलिया र अदिती ट्रान्सपोर्टका भरतकुमार थापा विरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । 
 
थपलिया विरुद्ध तीन करोड १६ लाख ३१ हजार रुपैयाँ र थापा विरुद्ध तीन कारड ६३ लाख १० हजार रुपैयाँ मागदावी गरिएको छ । ट्रान्सर्पोट कम्पनीपनि आयोगको अनसुन्धानमाबाट तानिएपछि उनिहरु बिरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको जनाएको छ । अख्तिारले २० करोड ३८ लाख २५ हजार १ सय १८ रुपैयाँ माग दावी गर्दै अदालतमा अभियोग दर्ता गरेको छ ।
 
 अख्तियारले निलब्नमा गरेका तत्कालन आइजीपी वन्तको भ्रष्टाचार बारे छनबिन गर्न सशस्त्र प्रहरी बलले धितालको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको थियो । तर, धितालले वन्तको बचाउ गर्ने गरी प्रतिबेदन पेश गरेपछि डिआईजी धिताले अख्तियारको फन्दामा परेको स्रोत बताउँछ । भ्रष्टचारीलाई सहयोग गरेको आरोपमा गाउँदै अख्तियारले डिआईजी धिताललाई प्रतिबादी कायम गर्दै विशेष अदालतमा  मुद्धा दायर गरेको हो । 
 
वन्त विरुद्ध अख्तियारले ६ करोड ६९ लाख ४१ हजार विगो माग दावीसहित मुद्दा दायर गरेको छ । यस अघि अख्तियारले वन्तसँग १० करोड धरौंटी लिई तारेखमा राखेको थियो । अख्तियारले छानबिनको दायरामा परेका तत्कालिन सशस्त्र प्रहरी निरीक्षक बिनबहादुर थापाविरुद्ध पनि ६ करोड ६९ लाख ४१ हजार  नै बिगो माग गर्दै मुद्दा दायर गरेको छ ।

पूर्व सशस्त्र प्रहरी उपरीक्षक जगतनारायण श्रेष्ठ, सशसत्र प्रहरी नायक उपरीक्षक आनन्द थापामगर, सशस्त्र प्रहरी नायब निरिक्षकहरु देवेन्द्रकुमार श्रेष्ठ, निलबहादुर श्रेष्ठ, लेखबहादुर खत्री र सशस्त्र प्रहरी जवान मिलन अधिकारीमाथी पनि अख्तियारले भ्रष्टाचारको अभियोग लगाउँदै अदालतमा मुद्दा दर्ता गरेको छ ।

Post a Comment

0 Comments