Subscribe Us

मानब तस्करी गर्ने म्यानपावरमा एसएसपी खनालले मारे छापा

काठमाडौँ । बैदेशिक रोजगारीको नाममा मानब तस्करी तथा ठगी धन्दामा सक्रिय १६ वटा म्यानपावर कम्पनीमा  प्रहरीले छापा मारेको छ । 

रोजगारीको बहनामा सर्बसाधारणलाई ठगी गरेको तथा बिदेशमा अलपत्र पारेको उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको बिभिन्न स्थानमा सञ्चालित ति  म्यानपावारमा छापा मारेको हो । 

वानेश्वर, लाजिम्पाट, वसुन्धारालगाएतका क्षेत्रमा सञ्चालित म्यानपावारमा महाशाखाकोे टोलीलृ बुधवार छापा मारिएको हो । 

प्रहरीका अनुसार द रिभर ओभरसिज, अलसेक्युर रिक्रुइटमेन्ट, मेलको इन्टरनेश्नल, इनोभेटिभ ह्यूमन रिसोर्स, बसुन्धराको गोर्खा नेपाल म्यान पावर सर्भिस, क्यापिटल रिकुट्मेन्ट सर्भिस, डिडि ओभरसिज बानेश्वर, भेरी कर्णाली ओभरसिज गौशाला लगायत १६ वटा म्यानपावारमा प्रहरीले छापा मारी आबश्यक कागजात नियन्त्रण लिएको जनाएको छ ।

ति म्यानपावारहरुले रोजगारीका लागि पैसा उठाएर ठग्ने गरेको, कतिपयले एउटा काममा भनेर अर्कै काममा पठाएको र विदेश पुगेर अलपत्र पारेको लगायत उजुरीका आधारमा छापा मारिएको महाशाखाका एसएसपी सर्बेन्द्र खनालले बताए । महाशाखाले वैदेशिक रोजगारमा हुने ठगि नियन्त्रणकालागि पुषदेखि छुट्टै हटलाइन सेवा समेत सुरु गरेको छ । अव ठगि तथा वेचविखनमा पर्ने कामदारले ११७७ मा फोन गरेर प्रहरीलाई खबर गर्न सकिने बताएको छ ।

Post a Comment

0 Comments