Subscribe Us

एसएसपीसहित पाँच विरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा

काठमाडौं । नेपाल प्रहरीका तत्कालीन प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी रविराज श्रेष्ठसहित पाँचजना विरुद्ध सम्पत्ति शुद्धिकरण निवारण विभागले मुद्दा दायर गरेको छ। राजधानी दैनिकमा समाचार छ।

विदेशी मुद्राको अपचलनमा संलग्न भएको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा खेपिरहेका उनीहरुविरुद्ध विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

तत्कालीन एसएसपी श्रेष्ठसहित उनका सवारी चालक प्रहरी हबलदार सोभितबहादुर कार्कीसहित मुरारीलाल गोयल, राजेश अग्रवाल र विनोदकुमार सोनीविरुद्ध मुद्दा दायर भएको विशेष अदालतका रजिस्टार भद्रकाली पोखरेलले जानकारी दिए। उनीहरुसंग विभागले १ करोड २४ लाख ३२ हजार ४६ रुपैयाँ विभगो दाबी गरेको पोखरेलले जानकारी दिए।

Post a Comment

0 Comments