Subscribe Us

सम्पत्ती नपाएको झोकमा आफ्नो बाबुको फिल्म स्टाईलमा हत्या गर्ने छोरी ज्याई प्रहरी खोरमा

काठमाडौं । आमा बाबुको अनुमती बिना प्रेम बिवाह गरेकी एक छोरीले आफ्नै बाबुलाई योजनाबद्ध तरीकाबाट  हत्या गरेको खुलासा भएको छ । दुई बर्ष अगी नुवाकोटका सन्तोष पाण्डेसँग बिवाह गरेकी संगीता महर्जन पाण्डेले बाबुले पैसा नदिएपछि भाडाका गुण्डाको सहयोगमा बाबुको हत्या गरेकी हुन । 

परिवारका सबै सदस्यको हत्या गरी सम्पत्ती कुम्ल्याउने उनको योजना भने तुहिएको छ । टोखास्थित धमलटारमा बस्दै आएकी संगीताले ब्युटी पार्लर खोल्न भन्दै बाबु माईला महर्जनसँग बारम्बार ३,४ लाख पैसा माग्दै आएकी प्रहरी अनसुन्धानबाट खुलासा भएको छ । तर बाबुले पैसा नभएको र जग्गा बिक्री गरेपछि दिने भन्दै सात महिनादेखी टार्दै आएका थिए । 

                                           यसरी गरिन हत्या

 साङलेखोला नजिकै स्टार टाउनमा घाँटी, टाउको ,निधार,हात तथा छातिहरुमा समेत धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा फेला परेको । मृतक मिति २०७२, माघ २० गते आफ्नै छोरीले बोलाएपछी साँझ १८ः३० बजेतिर निजका छोरी र ज्वाईले बोलाएका  ४,५ जना व्यक्तिहरुसँग घरबाट बाहिर निस्केको र अबेर सम्म घर परिवारको सम्पर्कमा नआएको  

                                                              यसरी बन्यो हत्याको योजना

 पैसा नपाएपछी ६, ७ महिना अगाडी माईती घरमा गई आमाको नाममा रहेको जग्गाको जग्गाधनी पुर्जा चोरेर लगी आफ्नो श्रीमानलाई दिएको ।
 
    अर्काको नामको लालपुर्जाले कहिं कतैबाट ऋण निकाल्न र बेच्न नसक्ने बताएपछी र माईती पक्षले पनि थाहा पाऐकोले जग्गाधनी पुर्जा करिब १ महिना पछी माईतमा नै फिर्ता गरिदिएको ।
 
    पैसा नपाएपछि पुन बाबुसँग पैसा माग्दा बाबु माईला महर्जनले जग्गा बेचेर दिउँला अहिले छैन भनेको । बारम्बार पैसाको कुरा गरेपछी माईला महर्जनले विवाह भई सकेको छोरीलाई दिन्न छोरा दिनेश महर्जनलाई चाहिन्छ भन्ने कुरा गरेको ।
 
    आफुले माईतीबाट पैसा नपाउने भए पछी माईती घरका बाबु माईला महर्जन,आमा र दाई दिनेश महर्जनलाई मारी सबै सम्पत्ती आफ्नो बनाउने योजना बनाएको ।
 
    २०७२ साल पुष महिनातिर निज संगिता महर्जनले सोही स्थानमा बस्ने निजको साथी विक्रम तामाङलाई आफ्नो योजना सुनाई मार्न लगाएको ।
 
    मिति २०७२र१०र१७ गते विक्रम तामाङले संगीता महर्जनसँग मृतक माईला महर्जनको मोबाईल नं।लिई निजलाई फोन गरी बानियाटार मनकामना मन्दिरमा बोलाएको र आफुसँग अन्य ५र६ जना व्यक्तिहरु समेत लिई गएको तर निज माईला महर्जनसँग अर्को १ जना व्यक्ति पनि सँगै रहेका कारण मार्ने योजना असफल भएको ।
 
    शुरुमा रु १० लाख दिने कुरा भएको तर पछि विक्रम तामाङ लगायतका व्यक्तिहरुले रु ५० लाख माग गरेको ।
 
    मिति २०७२र१०र२० गते दिउँसो संगिताले विक्रम तामाङलाई फोन गरी साँझमा बाबु माईला महर्जन,आमा र दाजु दिनेश महर्जनलाई मार्नु पर्छ  भनेको र विक्रमले हुन्छ तर ूतिम्रो बुबालाई तिमिले नै बोलाएर बन्दै गरेको नयाँ पुल निर लिएर आउनु ू भनेको ।
 
    योजना अनुसार मृतककी छोरी संगिता महर्जन तथा ज्वाई सन्तोष पाण्डेले अं।१८स्३० बजेको समयमा आफ्नो बाबुको घर गई बाबुलाई घर ठेक्कामा लिनको लागी नक्सा लिएर मानिसहरु भेट्न आएका छन् भनि बोलाई घटनास्थल काजि टोखा(११ साङ्ले खोला किनार स्टारटाउन नजिक निर्माणाधिन पुल नजिकै लगेको ।
 
    उक्त स्थानमा पुग्दा विक्रम तामाङ,सुर्य राना मगर,हाँस भन्ने धन कुमार तामाङ ह्याम्बर,खुकुरी तथा चक्कु समेत लिई घटनास्थलमा आई सकेका ।
 
  मृतक माईला महर्जन निर्माणाधिन पुल नजिकै पुगे पछी निजकै छोरी संगिताले आँखामा बालुबा हाली दिएको र विक्रम तामाङ,सुर्य राना मगर,हाँस भन्ने धन कुमार तामाङले ह्याम्बर,खुकुरी तथा चक्कु समेतले टाउको,घाँटी तथा शरिरका विभिन्न स्थानहरुमा प्रहार गरी हत्या गरि निजकी श्रीमती र छोरा दीनेश महर्जनको समेतको हत्या गर्ने योजना भएपनि अरुले थाहा पाउलान् भनि घटनास्थलबाटै सबै जना आ आफ्नो घर तर्फ भागेको ।
 
अनुसन्धान पश्चात् घटनामा संलग्न प्रतिबादीहरुलाई मिति २०७२ फागुन ११ गते यस महाशाखाबाट खटिएको प्रहरी टोलीले काजि टोखाबाट पक्राउ गरी मिति २०७२फागुन १२ गते अन्य कानुनी कारवाहीको लागी महानगरीय प्रहरी वृत्त महाराजगंज पठाईएको ।

Post a Comment

0 Comments