Subscribe Us

यसरी फसाए डनले डिएसपी भिडियो सहित

काठमाडौं । चल्तीका गुण्डा नाईके बिश्वकाक्रान्ति सिंहलाई मध्यस्थकर्ता बनाई घुस खान खोज्दा महानगरिय प्रहरी परिसरका डिएसपीसहित तिन प्रहरी अख्तियार दुरुपयोग अनसुन्धान आयोगको फन्दामा परेको रहस्य खुलासा भएको छ ।  परिसरका प्रबक्ता समेत रहेका डिएसपी दयानीधि ज्ञवाली, इन्सपेक्टर रमेशबहादुर सिंह र सई लालमणि पाण्डे तथा गुण्डा नाईके सिंहलाई अख्तियारले घुस लिदै गरेको रकमसहित सोमवार बेलुका पक्राउ गरेको थियो । 
एकान्तकुनास्थित जावलाखेल पेट्रोल पम्पको स्वामित्व भोगचलन सम्बन्धमा गैह्रकानूनी तरिकाले उजुरी लिई  विवाद मिलाइदिने नाममा डिएसपी ज्ञवाली, इन्सपेक्टर सिंह र सई पाण्डले गुण्डा नाईके विश्वक्रान्तिलाइ मध्यस्थकता बनाई रकम लिइरहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको जनाएको छ । 
डिएसपी ज्ञवाली, इन्सपेक्टर सिंह र विचौलिया विश्वक्रान्ति पुल्चोकस्थित थाईघर रेष्टुरेन्टबाट तीन लाख लिंदालिंदै पक्राउ परेका थिए भने सई पाण्डे कलंकीस्थित स्टुडेन्ट क्याफेबाट एक लाख पचास हजार घुस रकम लिदैगर्दा पक्राउ गरिएकोे अख्तियारले जनाएको छ । स्रोतका अनुसार बिबाद मिलाई दिए बापत उनिहरुले पम्मका सञ्चालकसँग घुस रकम दिन दबाब दिएपछि पीडित अख्तियारको शरणमा पुगेका थिए । पक्राउ परेका डिएसपी परिसरका प्रबक्ता हुनुका साथै मुद्दा फाँटमा कार्यरत थिए भने ईन्सपेक्टर कार्यदल र सई पाण्डे ठाडो उजुरीमा थिए । अख्तियारले  घुससहित तिन प्रहरीलाई पक्राउ गरेपछि महानगरीय प्रहरीको गुण्डासँगको कनेक्सनसमेत पर्दाफास भएको छ । 
पछिल्लो समय महानगरीय प्रहरी गुण्डामाथी आक्रमक शैलीमा पस्तुत भएपनि केही प्रहरी आर्थिक प्रलोभनमा परेर गुण्डालाई भगाउने  तथा प्रहरीको रणनीति गुण्डा सम्म पुर्याउने गरेको समेत आशंका गर्न सकिन्छ । प्रहरीसँगै अख्तियारको फन्दामा परेका विचौलिया विश्वक्रान्ति सिंह हेटौडाका कुख्यात गुण्डा नाइके हुन् । गुण्डागर्दीको अभियोगमा उनि पटक पटक पक्राउ परी छुटेका अभियुक्त हुन । एक बर्ष अगाडी ठगी काण्डमा उनि लामोे समय जेल बसेर छुटेका थिए । महानगरीय अपराध महाशाखा गुण्डामाथी आक्रमक रुपमा पस्तुत भएपछि उनि आफू निकट प्रहरी अधिकृतको बिचौलियाको रुपमा काम गर्न थालेको समेत यो घटनाले पुष्टि गरेको छ । 
सिंह राजधानीका कुख्यात गुण्डा नाईके दिपक मनाङ्गे भन्ने राजिब गुरुङ निकट छन् । पछिल्लो समय सिंह ललितपुरलाई आधार क्षेत्र बनाई असुली धन्दामा सक्रिय थिए । दुई बर्ष अगाडी प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ लाई डिएसपी ज्ञवालीले सोह्रखुट्टे प्रहरीको इन्चार्ज रहदा सात लाख असुलेर भ्यानबाटै भगाएको आरोपसमेत लागेको थियो । महानगरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुख भएर काम गर्दा ज्ञवालीमाथी बाफलका गुण्डा नाईके बाघबहादुर लामा उफ बाघेलाई संरक्षण गरेको आरोपमा तत्कालिन महानगरिय प्रहरी परिसर काठमाडौंका  एसएसपी रमेश खरेलले सचेत गराएका थिए । 
https://www.youtube.com/watch?v=-e3KZ69gyt8 

Post a Comment

0 Comments