Subscribe Us

जिम्निष्टी टण्डनको हत्या कि आत्महत्या ?

बुटवल। मध्यरातमा घरबाट निस्किएर मृत भेटिएकी २० बर्षीया जिम्निष्टी टण्डनको हत्या वा आत्महत्या के हो भन्ने बारेमा अझै सत्यतथ्य कुरा बाहिर आउन सकेको छैन । 

उनको शवलाई बुटवलको लुम्बिनी अञ्चल अस्पतालले पोष्टमार्टम र थप अनुसन्धानका लगि भन्दै टिचिङ अस्पताल काठमाडौं पठाएको थियो  । उनको पशुपतिमा दाहसंस्कार समेत भैसकेको छ ।  प्रहरीको अनु्सन्धानका क्रममा जिम्निष्टी र एउटै कलेज पढ्ने दाङका २४ बर्षीय सन्दीप बस्नेतबीच प्रेम सम्वन्ध रहेको खुलेको छ ।

 सन्दीप माघ २९ गते बुटवल आएर पुरानो बसपार्कस्थित शुभलक्ष्मी गेष्ट हाउसमा बसेका थिए । उनीसँगै साथी पनि थिए ।  

बस्नेत र टण्डन बुटवल र तिलोत्तमाको सीमाना योगिकुटीमा राती साढे १२ बजेतिर भेटेर गफगाफ गरेका थिए । उनीहरु दुबैजना साढे ५ बजे होटेल पुगेको होटल संचालकले बताए । ३ जना त्यहि बसेर छलफल समेत गरेका थिए । उनीहरु होटलबाट सात बजे निस्किएका थिए ।

 चार गते टण्डनको शव खोलामा भेटिएको थियो ।खोलाको किनारमा लाश भेटिनु र घाँटीमा चोट देखिएका कारण पनि हत्या भएको हुन सक्ने देखिएको छ।  अनुसन्धानका क्रममा प्रहरीले सन्दिपलाई नियन्त्रणमा लिएको छ । जिम्निष्टीको हत्याका कारक रहेका सन्दिप युवतीलाई प्रेम जालमा पारेर धोका दिने र नयाँ नयाँ युवतीसँग अफेयर चलाउने गर्दै आएको पनि खुलेको छ । जिम्निष्टीको हत्या भएको आशंका गर्ने प्रशस्त आधार देखिएको श्रोत बताउँछ ।

Post a Comment

0 Comments