Subscribe Us

अखिलमा डनहरुकै वर्चश्व,
यस्ता छन् उम्मेदवार

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) को नेतृत्वमा डनहरुकै वर्चश्व रहेको छ । 

माघ २७ देखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने सम्मेलनमा पार्टी नेतृत्वले आफु निकटका विद्यार्थी नेतालाई सर्वसम्मतका नाममा चुन्ने संभावना नदेखाएपनि गुटबन्दी भने बढेको छ । संस्थापन पक्ष अर्थात अध्यक्ष केपी ओली समूहले नबिना लामालाई अध्यक्षमा उठाउने निर्णय गरेको छ ।
 
 त्यस्तै वर्तमान उपाध्यक्ष ऐन महर महासचिवमा उठ्ने भएका छन् । महर अस्कल क्याम्पसमा छँदा टेण्डी शेर्पाले लखेटेपछि त्रिचन्त्र क्याम्पसमा शरण लिन पुगेका थिए । तर, उनी २०६५ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियूको उपसभापति पदमा धेरै मत अन्तरले नेपाल विद्यार्थी संघका विष्णु पौडेलसँग पराजित भए । त्यसपछि उनी पुर्णरुपमा डनगिरीमा लागेका हुन् । नेविसंघका केन्द्रीय सदस्य भिम गुरुङमाथि गोली हानेर उनी चर्चामा आएका थिए । ओली समूहबाट रश्मी आचार्य र महेश वर्तौला उपाध्यक्षका उम्मेदवार बन्ने भएका छन् ।

  त्यस्तै माधवकुमार नेपाल पक्षबाट उपाध्यक्ष दिपक गौतम अध्यक्षका उम्मेदवारका रुपमा देखिएका छन् । गौतम बैैंक अफ काठमाडौं लुटपाटमा जेलमा परेर छुटेका तासी लामासँग अबैध कारोबारमा मुछिएका थिए । तासी केन्द्रीय कारागार सुन्धारामा रहँदा गौतमले उनलाई अन्नपूर्ण कफीसपमा बोलाएर मिटिङ गरेका थिए । त्यतिबेला महानगरिय प्रहरी परिसरको टोलीले लागु औषध र २० लाख रकम सहित गौतमलाई पक्राउ गरेको थियो । 

तर, उनी एकरातमै दबाबमा छुटे भने उक्त मुद्दा तासीमाथि बोकाइएको थियो । तासी गत वर्ष छुटिसकेका छन् । विद्यार्थीहरुलाई विदेश पठाउने नाममा ठगी गरेको आरोप पनि गौतममाथि लाग्ने गरेको छ । नेपाल पक्षबाट महासचिवका लागि राधिका खतिवडा, जिवन राई, सरोज यादव दौडमा छन् । नेपाल पक्षबाट उम्मेदवारी तय गर्ने जिम्मेवारी भने केन्द्रिय सदस्यहरु ठाकुर गैरे, रामकुमारी झाँक्री र राजेन्द्र राईहरुले पाएका छन् । 

यता संस्थापन पक्षबाट सचिवको दाबेदारीको रुपमा देखिएका समिक बडाल पनि प्रहरीको नजरमा गुण्डा मानिन्छन् । त्रिचन्द क्याम्पसमा भएको खुकुरी काण्डमा बडाल मुछिएका थिए । दुई पक्षीय गुण्डागर्दी झडपमा परी उनको औंला समेत गुमिसकेको यूनाइटेड पोष्टमा खबर छ ।

Post a Comment

0 Comments