Subscribe Us

बलत्कारपछि जिम्निष्टीको हत्या-प्रमाण लुकाउने प्रयासमा प्रहरी

निरु गौतम,बुटवल । फागुन १ देखि एकाएक हराएकी रुपन्देहीको तिलोत्त नगरपालिका –२ जानकीनगरकी २० बर्र्षीय जिम्निष्टी टण्डनको बलत्कारपछि हत्या भएको छ । टण्डनको मृत्युको विवरण लुकाउन प्रहरीका उच्च अधिकारी नैं सक्रिय बनेपछि उनको मृत्युको बिषयलाई लिएर तिब्र बिरोध र आक्रोस व्यक्त गरिएको छ । 

 फागुन १ देखि हराएकी टण्डनको ६ फागुनमा रुपन्देही र पाल्पाको बिचभागमा पर्ने तल्लो सिद्धबाबा र उपल्लो सिद्धबाबाबीचको भागमा मृत फेला परेकी थिइन् । युवतीको मृत्युको कारण अझै खुल्न सकेको छैन ।

तर उनका आफन्तले उनको मृत्युलाई हत्या भएको दावी गरेका छन् ।घटना विवरण अनुसार टण्डनको हत्या २ फागुनमा भएको हो । उनको हत्यामा सन्दिप बस्नेत र यमबहादुर डाँगी संलग्न रहेको प्रारम्भिक अध्ययनबाट देखिएको छ । १ फागुनको राती आफ्नै घरमा सुतेकी उनी राती नै एकाएक हराएकी थिइन् । 

तर, उनको मोवाइल भने २ फागुनको बिहान ९ बजेसम्म खुल्लै थियो तर केहीबेर अफ भएर पुनः १०ः४५ मा पुन खोलिएको थियो । त्यसपछि भने मोवाइल नै अफ भएको थियो ।  २ फागुनसम्म उनका आफन्तलाई टण्डन हराएको भन्ने मात्र थाहा थियो तर सोही दिन सन्दिप बस्नेतले जिम्निष्टीका बुबा हिमानसिंह टण्डनलाई फोन गरेर जिम्निष्टीसँग झगडा भएको र त्यसले टेन्सन दिएको भनि जानकारी गराएका थिए । उनको पहिलो फोनमा आफु वुटवलको देविनगरमा बसेको भनेका थिए । 

 त्यसलगत्तै दोस्रो पटक फोन गर्दा आफु नेपालगञ्ज रोडमा बसेको भनेका थिए । उनले तेस्रो पटकको फोनमा भने जिम्निष्टी हराउँदा आफुलाई निकै तनाव भएको बताएका थिए । ३ फागुनमा भने उनले काठमाडौंबाटै जिम्निष्टीका मामा श्रीप्रसाद थापासँगको फोनमा आफु किर्तीपुर भएको बताएका थिए । तर प्रहरीले उनलाई लैनचौरबाट पक्राउ गरेको थियो ।  घटनाका मुख्य अभियुक्त भनिएका सन्दिप बस्नेत १ फागुनसम्म बुटवलस्थित शुभलक्ष्मी गेष्ट हाउसको कोठा नं। १०८ मा बसेका थिए । 

सो कोठामा एक रात सन्दिप, आफु र जिम्निष्टी सँगै रात बिताएको डाँगीले पाल्पा प्रहरी समक्ष बयान दिएका छन् । तर डाँगीलाई भने बयानलगत्तै रिहा गरिएको थियो । तर बस्नेत भने हिरासतमै छन् ।  ६ फागुनमा जिम्निष्टीको शव भेटियो तर प्रहरीले नै सो शबको पोष्ट मार्टमस गर्न आनाकानी गरेको उनका आफन्तले दावी गरेका छन् । शब भेटिएको स्थल पाल्पा प्रहरी कार्य क्षेत्रभित्र पर्ने भएकाले घटनाको मुचुल्का पाल्पा प्रहरीले नै बनाएको छ । पाल्पा प्रहरीका अनुसार फागुन ६ गते शब भेटिएको थियो । 

उनी  बुटवल देबनिगरमा रहेको सिसिटी कलेजकी स्नताक तह दोश्रो बर्षकी बिद्यार्थी हुन् । बुटवलको लुम्बिनी अञ्चल अस्पतालले पोष्टमार्टम र थप अनुसन्धानका लगि भन्दै टण्डनको शब टिचिङ अस्पताल काठमाडौ पठाएपनि पोष्टमाटम रीपोट अझै नआएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्स्पेक्टर ९प्रहरी निरिक्षक० रमेश भेटवालले घटनाबारे अनुसन्धान जारी रहेकाले अहिलेनै केहि बताउन नमिल्ने जनाए । 

हामी अनुसन्धानमै छौं,घटना सुसाइट वा मर्डर के हो केहि दिनमै खुल्ने गरि अनुसन्धान गरीरहेका छौं उनले भने । रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगर बस्ने टन्डन हराएको भन्दै परिवारले खोजिको लागी प्रहरी समक्ष निबेदन दर्ता गराएकोमा सोही शब निज टन्डनको भएको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए  ।  उनले घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल पाल्पा जिल्लामा पर्ने भएका कारण जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुसन्धान गरीरहेको खडकाले बताए । 

Post a Comment

0 Comments