Subscribe Us

कैदी सरुवामा लाखौं खर्च

मुगु – जिल्ला कारागार मुगुमा कैदीबन्दी थुन्ने भवन नहुँदा अन्यत्र पठाउँदा लाखौ खर्च हुने गरेको छ । जिल्ला अदालतले विभिन्न मुद्दा तथा अभियोग लागेका व्यक्तिलाई पुर्पक्ष र कैद तोकेकाहरुलाई थुन्ने ठाउँ मुगुमा छैन ।जिल्ला कारागार कार्यालय भए पनि कैदी र थुनुवा राख्ने भवन नभएपछि यहाँका थुनुवा र कैदीलाई अन्य जिल्ला चलान गरिने गरिएको छ । सोही क्रममा ठूलो रकम खर्च हुने गरेको कारागार कार्यालयले जनाएको छ ।

१५ जना क्षमता रहेको घ श्रेणीको मुगु शाखामा थुनुवा र कैदी राख्ने भवन नभएपछि जिल्ला अदालत र अन्य निकायबाट कैद तोकिएका र थुनुवालाई अन्य जिल्लाका कारागारमा चलान गर्नु पर्दा मुगु कारागारले वर्सेनि लाखौं रुपैया खर्च गर्नुपरेको हो ।

कारागारका लागि कार्कीबाडा गाविस ६ को कित्ता नम्बर १ सय १५ मा १०३६।२५ क्षेत्रफल जग्गा भए पनि कारागार व्यवस्थापन विभागले भवन निर्माण नगरिदिएपछि कैदी सरुवा गर्नु परेको हो । श्रीनगर गाविस ७ मा रहेको कित्ता नम्बर ५०।४५२२।५० क्षेत्रफलमा ६ करोडभन्दा बढीको लगानीमा यस वर्षबाट कारागार भवन निर्माण थालिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
मुगु – जिल्ला कारागार मुगुमा कैदीबन्दी थुन्ने भवन नहुँदा अन्यत्र पठाउँदा लाखौ खर्च हुने गरेको छ । जिल्ला अदालतले विभिन्न मुद्दा तथा अभियोग लागेका व्यक्तिलाई पुर्पक्ष र कैद तोकेकाहरुलाई थुन्ने ठाउँ मुगुमा छैन ।जिल्ला कारागार कार्यालय भए पनि कैदी र थुनुवा राख्ने भवन नभएपछि यहाँका थुनुवा र कैदीलाई अन्य जिल्ला चलान गरिने गरिएको छ । सोही क्रममा ठूलो रकम खर्च हुने गरेको कारागार कार्यालयले जनाएको छ ।
१५ जना क्षमता रहेको घ श्रेणीको मुगु शाखामा थुनुवा र कैदी राख्ने भवन नभएपछि जिल्ला अदालत र अन्य निकायबाट कैद तोकिएका र थुनुवालाई अन्य जिल्लाका कारागारमा चलान गर्नु पर्दा मुगु कारागारले वर्सेनि लाखौं रुपैया खर्च गर्नुपरेको हो ।
कारागारका लागि कार्कीबाडा गाविस ६ को कित्ता नम्बर १ सय १५ मा १०३६.२५ क्षेत्रफल जग्गा भए पनि कारागार व्यवस्थापन विभागले भवन निर्माण नगरिदिएपछि कैदी सरुवा गर्नु परेको हो । श्रीनगर गाविस ७ मा रहेको कित्ता नम्बर ५०.४५२२.५० क्षेत्रफलमा ६ करोडभन्दा बढीको लगानीमा यस वर्षबाट कारागार भवन निर्माण थालिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
- See more at: http://www.ratopati.com/aakhabar/31797/#sthash.rinuggMg.dpuf

Post a Comment

0 Comments