Subscribe Us

गुण्डालाई बिश्वास गर्दा डिएसपी डिएन फसे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेका डिएसपी दयानीधि ज्ञवालीको कनेक्सन कुख्यात गुण्डा नाइकेसँग रहेको खुलेको छ । सोमबार पेट्रोल पम्पको स्वामित्व भोगचलन विवादमा विचौलियाको भूमिका निर्वाह गर्ने विश्वक्रान्ति सिंह हेटौडाका कुख्यात गुण्डा नाइके हुन् ।
 
 सिंह डन दिपक मनाङ्गे निकट मानिन्छन् । ज्ञवालीको सेटिङमा विचौलियाको भूमिका निर्वाह गरेका सिंहले नै अन्तिममा आएर ज्ञवालीलाई नै फसाए । त्यसो त गत वर्ष एक करोड ठगी काण्डमा जेल परेका सिंह ललितपुर आधार क्षेत्र बनाई असुली धन्दामा सक्रिय थिए । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ लाई सोह्रखुट्टे प्रहरीको इन्चार्ज छंदा ज्ञवालीमाथि सात लाख असुलेर छाडेको आरोप लागेको थियो ।

 ज्ञवाली स्वयम्भू बृत्तमा प्रमुअ रहदा अर्का गुण्डा नाइको बाघे लामास“ग पनि नजिक रहेर गुण्डागर्दीलाई संरक्षण गरेको भन्दै महानगरिय प्रहरी परिसर काठमाडौंका तत्कालिन एसएसपी रमेश खरेलले स्पष्टिकरण सोधेका थिए ।

 अख्तियारले एकान्तकुनास्थित जावलाखेल पेट्रोल पम्पको स्वामित्व भोगचलन सम्बन्धमा गैह्रकानूनी रुपले मुद्दा खिचेर विवाद मिलाइदिने नाममा डिएसपी ज्ञवाली, इन्सपेक्टर रमेशबहादुर सिंह र सई लालमणी पाण्डेसहित विचौलिया गुण्डा विश्वक्रान्तिलाई रकम लिइरहेको अवस्थामा मंगलबार बेलुका पक्राउ गरेको थियो । डिएसपी ज्ञवाली, इन्सपेक्टर सिंह र विचौलिया विश्वक्रान्ति पुल्चोकस्थित थाईघर रेष्टुरेन्टबाट तीन लाख लिंदालिंदै पक्राउ परेका थिए भने सई पाण्डे कलंकीस्थित स्टुडेन्ट क्याफेबाट एक लाख पचास हजार घुस रकम लिदैगर्दा पक्राउ परेका थिए ।

Post a Comment

0 Comments