Subscribe Us

घरेलु मैदानमा भारतलाई हराउँदै नेपाल बन्यो साग च्याम्पियन

काठमाडौं । भारतलाई हराउँदै नेपालले २३ वर्षपछि साग फुटबलमा स्वर्ण जितेको छ । सोमबार भएको फाइनल खेलमा नेपालले भारतलाई उसकै घरेलु मैदानमा १ को बिरुद्ध २ गोल गरेको हो । साग गेम्स अन्तरगत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भारतको खेल आज भएको थियो । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गदै भारतलाई २(१ को अग्रताले बिजय हासिल गरेको हो ।

दोस्रो हाफमा नेपालले खेल सुधार्दै ६६ औं मिनेटमा बराबरी गोल फर्काएको थियो । प्रकाश बुढाथोकीले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए ।  लगतै विमल घर्ति मगर वान भर्सेज वानमा चुके । नेपालको अर्को प्रयासलाई भारतीय खेलाडीले गोललाइनबाट बचाएका छन् । खेलको २० मिनेट बाँकि हुँदा नवयुग श्रेष्ठले गोल गरेपछि नेपालले अग्रता लिएको थियो ।

यसअघि ३१ मिनेटमा पाएको पेनाल्टीमा भारतले गोल गरेको थियो । आदित्य चौधरीले भारतीय खेलाडीलाई लडाएपछि पेनाल्टी पाएको थियो । यसअघि ११ औं मिनेटमा भारतले गोल गरेपनि त्यो अफसाइड रहृयो । खेलको २० मिनेटमा दुबै टीमका खेलाडीबीच विवाद देखिएको थियो । तर, रेफ्रीले सम्झाए ।

Post a Comment

0 Comments