Subscribe Us

काभ्रे अखिलमा मेरो रगत र पसिना बगेको छः जिल्ला अध्यक्ष निरोज पाण्डे

२०५७ सालबाट श्री लक्ष्मीनाराणी माध्यामिक विद्यालय श्यामपाटीमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकोे प्रारम्भिक कमिटिका अध्यक्ष भएर विद्यार्थी राजनीतिको सुरुवात गरेका निरोज पाण्डे विद्यार्थी राजनीतिक क्षेत्रमा सशक्त र चर्चित व्यक्ति हुन् ।

  ९ साउन २०४३ मा काभ्रेको श्यामपाटीमा जन्मिएका पाण्डेले अनेरास्ववियु काभ्रेको संगठन जोगाउँदै त्यसको विस्तार गर्न ठूलो भूमिका निर्वाह गरेको जगजायर छ । 

अनेरास्ववियु क्षेत्र नम्बर २ का अध्यक्ष, अनेरास्ववियु काभ्रे जिल्ला कमिटिका जिल्ला सदस्य तथा ७ वर्षसम्म सफतापूर्वक अनेरास्ववियु क्याम्पस जिल्ला कमिटिका अध्यक्षको जिम्मेवारी सफलता पूर्बक सम्हालिएका पाण्डेले अनेरास्ववियुको आसन्न २२ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै छन् । अनेरास्ववियुलाई सबल र सक्षम बनाउन आफूनो उम्मेदवारी घोषणा गर्ने बिद्यार्थी नेता पाण्डेसँग  गरिएको कुराकानीको सम्पादित अंश
अनेरास्ववियु काभ्रेलाई जोगाउन र संगठन विस्तार गर्न मैले महत्वपूर्ण भूमिका निर्वाह गरेको छु जस्तो लाग्छ । अखिलभित्र मेरो लामो इतिहास छ । काभ्रे अखिलमा मेरो रगत र पसिना बगेको छ । एउटै नेतृत्वले ७÷७ वर्षसम्म काभ्रे जिल्ला अखिलको क्याम्पस कमिटिको अध्यक्ष चलाउनु भनेको सानो कुरा होइन । त्यसैले अखिलभित्र विगतका दिनमा पनि योगदान र क्षमताको कदर हुँदै आएको छ र अहिले पनि हुन्छ नै ।

 के गर्दै हुनुहुन्छ ?
 
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको आसन्न २२ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुनाले त्यसको प्रचारप्रसारमा व्यस्त छु ।

 केन्द्रीय सदस्यमा तपाईको उम्मेदवारी चाहिँ किन ?
 
अनेरास्ववियुलाई सबल र सक्षम बनाउनकै लागि मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ । पछिल्लो समय अनेरास्ववियुभित्र बढ्दै गएको अराजकता, गुण्डाडर्दी, संगठानिक अव्यवथाहरुलाई हटाउँदै संगठनलाई व्यवस्थित र सभ्य संगठनको रुपमा आम विद्यार्थीलाई चिनाउन र नेपाली विद्यार्थी आन्दोलनलाई अझ मजबुद बनाउन मैले उम्मेदवारी दिएको हुँ ।

 
 उसो भए तपाईले जित्ने आधार के ?
 
अनेरास्ववियु काभ्रेलाई जोगाउन र संगठन विस्तारकै लागि मैले महत्वपूर्ण भूमिका निर्वाह गरेको छु जस्तो लाग्छ । अखिलभित्र मेरो लामो इतिहास छ । काभ्रे अखिलमा मेरो रगत र पसिना बगेको छ । एउटै नेतृत्वले ७÷७ वर्षसम्म काभ्रे जिल्ला अखिलको क्याम्पस कमिटिको अध्यक्ष चलाउनु भनेको सानो कुरा होइन । त्यसैले अखिलभित्र विगतका दिनमा पनि योगदान र क्षमताको कदर हुँदै आएको छ र अहिले पनि हुन्छ नै । त्यसैले जहाँसम्म लाग्छ यिनै आधारले मेरो जित सुनिश्चित छ ।

 

 २२ औँ महाधिवेशनलाई कसरी लिनुभएको छ नि ?
 
यो महाधिवेशन आफैँमा ऐतिहासिक छ । पक्कै पनि यो महाधिवेशनबाट विद्यार्थी शैक्षिक आन्दोलनलाई व्यवस्थित गर्न, शैक्षिक आन्दोलनलाई सशक्त बनाउन, अनेरास्ववियुलाई आम विद्यार्थीहरुको संगठन बनाउन सक्ने राजनैतिक क्षमता भएका नेतृत्व चयन हुनेछ ।

 तपाईको समर्थन चाहिँ कसलाई र किन ?
 
मेरो समर्थन त अहिले मात्रै हो पहिलेदेखि नै संस्थापन पक्षलाई नै हो । स्पष्ट रुपमा भन्नुपर्दा नविना लामालाई मेरो र हाम्रो सिंगो टिमको समर्थन रहन्छ । किनभने अनेरास्ववियुलाई व्यवस्थित र अन्य विद्यार्थी संगठनभन्दा राम्रो र हाम्रो संगठन बनाउन कसैले भूमिका निर्वाह गर्न सक्छ भने त्यो नविना लामाले नै सक्छ । पछिल्लो समय बिग्रदै गएको संगठनको साख र उचाईलाई अझ व्यवस्थित गर्न र सुदृढ बनाउन पनि नविनाले नै सक्ने भएको हुँदा मेरो समर्थन नविना लामालाई नै रहन्छ ।

अन्तमा
आसन्न अखिलको महाधिवेशनमा अखिललाई स्वच्छ र व्यवस्थित अखिल निर्माण गर्न केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको हुँदा सबैलाई सहयोगको लागि अनुरोध गर्न चाहन्छु ।
(

Post a Comment

0 Comments