Subscribe Us

पाँच तारे होटलले नै तिर्दैनन् कर

काठमाडौँ – काठमाडौँ महानगरपालिकाभित्र सञ्चालन हुँदै आएका अधिकांश पाँच तारे होटलले सवारी र घरजग्गा कर तिरेका छैनन् । ती होटलले व्यवसायी कर तिरे पनि सवारी र घरजग्गाको कर अहिलेसम्म नतिरेका हुन् । ह्यायात, एभरेष्ट, ¥याडिसन, शङ्कर, साङ्ग्रिला, मल्ल र याक एण्ड यतिले अहिलेसम्म सवारी र घरजग्गा कर नतिरेको महानगरपालिकाका राजस्व माहाशाखा प्रमुख महेश काफ्लेले जानकारी दिए ।

महानगरपालिकाभित्र रहेको सोल्टी होटलले भने सबै किसिमको कर तिरिसकेको छ । अन्नपूर्ण होटलले सवारी करबाहेकका अन्य सबै कर तिरेको प्रमुख काफ्लेले जानकारी दिए । ती होटेलले वार्षिक १० देखि १२ लाख रुपैयाँसम्म कर तिर्नुपर्ने हुन्छ ।

काठमाडौँ महानगरपालिकाले कर नबुझाउने ठूला होटललाई कारबाहीको प्रक्रिया सुरु गरेपछि केहीले व्यवसायी कर तिरे पनि सवारी र घरजग्गा कर तिर्न भने अझै अटेर गरेको प्रमुख काफ्ले बताउछन् । लामो समयसम्म कर तिर्न आलटाल गरेपछि त्यस्ता होटललाई कारबाही गर्न सुरु गरेकोसमेत उनले जानकारी दिए ।  कर तिर्नका लागि पत्र पठाउने, सूचना प्रकाशित गर्ने, त्यति गर्दासमेत नमाने तालाबन्दी गर्नेसमेत उनको भनाई छ ।

पछिल्लो समय कर बुझाउने करदाताको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तर ठूला होटलले अझै पनि सहज तरिकाले कर तिर्न मानेका छैनन् । समयमा कर नबुझाउनेलाई महानगरपालिकाले स्थानीय स्वायतत्त शासन ऐन, २०५५ को दफा १६५९२० बमोजिम चलअचल सम्पत्तिको रोक्का गर्ने, नवीकरण नगर्ने, फोहोर नउठाउने, व्यापार व्यवसायमा सिलबन्दी, तालाबन्दी वा रोक्का गर्ने तथा महानगरपालिकाअन्तरगत हुने कामकाजका लागि सिफारिस नगर्नेलगायतका कारबाही गर्ने प्रावधान रहेको छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Post a Comment

0 Comments