Subscribe Us

यि हुन सिन्धुपालचोकका खुङखार डाँका,
जसले दिउसै एक गाडी सतुवा लुटे

काठमाडौं । बहुमूल्य जडिबुटी सतुवा लुटपाटमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । तिन साता अगि सतुवा लुटपाट गरी फरार रहेका गिरोहलाई महानगरीय अपराध महाशाखा टेकुले बिभिन्न स्थानबाट पक्राउ गरी बिहीवार सार्बजनिक गरेको हो । 

महाशाखाबाट खटिएको टोलीले लुटपाटका योजनाकार सिन्धुपालचोक कर्थली घर भएका ४९ वर्षीय फिन्चु भन्ने साङगेल लामालाई बुधवार काभ्रेको बनेपाबाट पक्राउ गरेपछि अन्य गिरोहलाई प्रहरीले राजधानीको बानेश्वरबाट पक्राउ गरीएको जनाएको छ । जोरपाटी मैकैबारी बस्दै आएका फिन्चु सतुवा लुटपाट पछि सिन्धुपालचोक पुगेका थिए भने गिरोहका अन्य सदस्य राजधानीमा नै लुकिछीपि बसेको अबस्थामा प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा फिन्चुसहित बाह्रबिसेका पृथ्वी भन्ने तीर्थबहादुर तामाङ, नोर्बु पासाङ लामा र दिलबहादुर रुम्बा रहेको महाशाखाले जनाएको छ । गिरोहका नाईके फिन्चुले सतुवा व्यापारी लालबहादुर थापालाई फोन गरी आफूसँग चाईनिज व्यापारी रहेको भन्दै सामन हेर्ने बहानामा सुनुयोजित रुपमा जडीबुटी लुट्न तीर्थ, नोर्बु र दिलबहादुरलाई प्रयोग गरेको प्रहरी अनसुन्धानबाट खुलासा भएको छ । 

लुटपाटका योजनाकार फिन्चु बन्यजन्तु मुद्दामा २ वर्षअघि ३० महिना जेल परेर छुटेका अभियुक्त हुन । सतुवा हेर्ने बहानामा योजनाबद्ध तरीकाले उनीहरुले सतुवा लोड भएको बोलेरो गाडीलाई कब्जामा लिई व्यापारीलाई छक्याएर जडीबुटी लुट्न सफल भएको महाशाखाका एसएसपी सर्वेन्द्र खनालले बताए । लुटिएको ९ बोरा सतुवा गिरोहले गोठाटारमा डेरा लिइ राखेको अबसथामा बरामत भएको महाशाखाले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ७ लाख ५० हजार रुपैयाँ पनि बरामद गरेको छ। उनीहरुले लुटेको सतुवाको बजारमूल्य झन्डै ८५ लाख रहेको एसएसपी खनालले जानकारी दिएका छन् ।

Post a Comment

0 Comments