Subscribe Us

गौतमलाई भारी मलते हराउँदै नवीना बनिन अखिलको अध्यक्ष

काठमाडौं । अनेरास्ववियुको २२ औं महाधिवेशनको मतगणनाको अन्तिम परिणामले एमालेको संस्थापन पक्षकी उम्मेदवार नवीना लामा भारी मतले बिजयी भएकी छिन् । गौतमलाई २ सय १६ मतले  पछि पार्दै उनले अनेरास्ववियुको नेतृत्व सम्हाल्ने अवसर पाएकी हुन । 

लामाले एक हजार ५ सय १९ मतमध्ये ८ सय ६५ तथा गौतमले ६ सय ४९ मत ल्याएका थिए । मतगणतामा सुरुदेखि नै उनले गौतमलाई पछि पार्दै आएकि थिईन् । बिजयसँगै उनी अनेरास्ववियूको नेतृत्व सम्हाल्ने रामकुमारी झाँक्रिपछि दोस्रो नेतृ बनेकी छिन् ।

सचिवालयका तीन बाहेक सबै पदमा संस्थापन पक्षकै उम्मेदवार बिजयी भएका छन् । उपाध्यक्षमा चारै पक्षमा नवीना प्यानलका महेश बर्तौला, रश्मि आचार्य, शैलेश लामा र सुनिता बराल बिजयी भएका छन् ।उपाध्यक्षमा महेश बर्तौला ७८६ ,रश्मि आचार्य ७४२,शैलेश लामा ६८२ र सुनिता बराल ७२१ मतका साथ निर्वाचित भएका छन्। यसैगरी महासचिवमा लामा प्यानलकै ऐनबहादुर महर निर्वाचित भए। उनले गौतम प्यानलका अब्दुल हुसेन खाँलाई पराजित गरे। 

महासचिवमा निर्वाचित ऐन महरले ८३१  मत प्राप्त गर्दा हुसेनले ६६० मत प्राप्त गरे। त्यस्तै महासचिवमा ऐन महर भारी मतले बिजयी भएका छन् । सचिवमा समिक बडाल, आरसी लामिछाने, सुदेश पराजुली मकर खड्का,आरती लामा, वासिम आलम कोषाध्यक्षमा झपिन्द्र खत्री बिजयी भएका छन् । उनीहरुमध्ये आरती, सुदेश र वासिम मात्र गौतम पक्षका हुन् । त्यस्तै तुलसी मैनाली, निशा अधिकारी, धर्मेन्द्र रोकाय पनि विभिन्न आयोगमा निर्वाचित भएका छन् ।  मैनाली निर्वाचन, अधिकारी अनुशासन तथा रोकाय लेखा आयोगको अध्यक्षमा निर्वाचित भएका हुन् । निरोज पाण्डे लगाएत केन्द्रिय सदस्यमा निवाचित भएका छन् ।

Post a Comment

0 Comments