Subscribe Us

नागरिक स्तरबाट एसएसपी खनाललाई अभिनन्दन गर्ने तयारी

काठमाडौं । आपराधिक दुनियाँमा आतंक बनेका अपराध महाशाखाका एसएसपी सर्बेन्द्र खनाललाई नागरिक स्तरबाट बृहत अभिनन्दन गरिने तयारी गरिएको छ । राजधानीको वसन्तुपरमा आयोजित एक समारोहका बीच आउँदो फागुन १४ गते शुक्रबार एसएसपी खनाललाई अभिनन्दन गर्ने तयारी गरिएको हो । 

अभिनन्दनका लागि बिहिबार बसेको एक भेलाले सामाजिक अभियन्ता मनोज नेवा खड्गीको संयोजकत्वमा नागरिक अभिनन्दन समारोह समितिको गठन गरिएको छ । 

सोहि समीतिले खनाललाई अभिनन्दन गर्ने छ । एसएसपी खनालले खेलकुद क्षेत्र लगाएतका अन्य ठूलाठूला आपराधीक गतीबिधी न्युनीकरण गर्ने महत्यपूर्ण भूमिका निभाएको कारण नेपालले साग फुटबलमा समेत उपाधि हाता लगाउन सफल भएको भन्दै उनलाई अभिनन्दन गर्न लागिएको हो

Post a Comment

0 Comments