Subscribe Us

जनतान्त्रिक टाइगरका भूमिगत गिरोह सिआईबीको फन्दामा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनसुन्धान व्यूरो (सिआईबी) ले जनतान्त्रिक टाइगर जनशक्ति पार्टीका ७ जना कार्यकर्तालाई हत्याको आरोपमा पक्राउ गरेको छ। 

सिआईबीले जनशक्ति टाइगरका सैन्य कमाण्डर बताउने रामरिझन यादव सहित ७ जनालाई पक्राउ गरेको हो। उनिहरुमाथी धनुषाको बालाबखर गाविस बैरिया टोलका राजेन्द्रप्रसाद यादव हत्यामा संलग्न रहेको सिआईबीको अनसुन्धानबाट खुलासा भएको छ ।  

पक्राउ पर्नेमा सिरहा राजपुरका २४ वर्षका यादव, धनुषा गणेशमानका ४२ वर्षका जोगिन्द्र महतो, २२ वर्षका नागे साह र २४ वर्षका शुभनारायण यादव, धनुषाधामका ३५ वर्षका प्रमोदकुमार पूर्वे, सिरहा मिर्चैयाका २४ वर्षका बेचन पासवान र सिरहा राजपुरका ३५ वर्षका जसलाल यादव रहेको सिआईबीेले जनाएको छ । 

 २२माघमा धनुषा बालाबखर ४ बैरिया टोलका ५० वर्षका राजेन्द्रप्रसाद यादवको गोली हानी हत्या गरिएको थियो । हत्यापछि अनसुन्धानमा जुटेको सिआईबीले १५ दिन भित्रै आरोपितलाई पक्राउ गर्न सफल भएको हो ।

त्यस्तै माघ २३ गते धनुषा गणेशमान ४ स्थित नगरपालिका कार्यालय अगाडि ४५ वर्षका नसिव मियाँ राईन र कमला नदीको पुलमा सिराहा बडहरामालका राम सोगारथ महतोलाई गोली प्रहार गरी घाइते बनाएको अभियोग रहेको सिआइबीका प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए। उनीहरुमाथि अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ।

Post a Comment

0 Comments