Subscribe Us

मापसे गर्ने प्रहरी खोज्दै एसएसपी थापा

काठमाडौं । महानगरीय प्रहरी परिसरका एसएसपी बिक्रमसिंह थापाले आफू मातहत प्रहरीमाथी कडा निगरानी राख्न थालेका छन् । 

प्रहरीबाटै पीडित बनेको गुनासो आउने क्रम बढेपछि उनले बिषेश टोली परिचालन गरी खराब आचरण भएका प्रहरीलाई पक्राउ र कारवाहीको दायरामा ल्याउन थालेका हुन । 

केही दिन अगीमात्र मादक पर्दाथ सेवन गरेको एक व्यक्तिको पैसा प्रहरीले चोरेको प्रमाण फेलापरेपछि बसपार्क प्रभागका एक सई अहिले परिसरको हिरासतमा छन् । 

पुनः यस्ता घटना प्रहरीबाट नहोस भन्दै उनले आफू मातहतलाई सुद्धिकरण गर्न खोजेका हुन । यसको लागी एसएसपी थापाले बिषेश टोलीको परिचालन समेत गरेका छन् । 

डिउटीको समयमा मापसे गरेको फेला परेमा उनले ईन्सपेक्टर सम्मलाई हतकडि लगाएर ल्याउन समेत आदेश दिएको स्रोतले बतायो । यसको लागी एसएसपी थापाले परिसरको एक ईन्सपेक्टरको कमाण्डमा टोली खटाएका छन् ।

Post a Comment

0 Comments