Subscribe Us

देशको स्वाभिमान बेचेर खेल हार्ने खेलाडीलाई आत्मग्लानी भइरहेको होलाः एसएसपी खनाल

काठमाडौं, ३ फागुन । दक्षिण एसियाली फुटबल (साग) मा नेपालले भारतलाई उसकै घरेलु मैदानमा पराजित गरेपछि नेपाल प्रहरीका एसएसपी सर्वेन्द्र खनाललाई देश विदेशबाट बधाई दिनेको ओइरो लागेको छ । 

खेलमा हुने ‘म्याच फिक्सिङ’ पत्ता लगाएर राष्ट्रिय टोलीका कप्तान सागर थापासहितका ५ जना खेलाडीलाई पक्राउ गरेपछि हाल अपराध महाशाखामा कार्यरत एसएसपी खनाल निकै चर्चामा छन् ।  

‘म्याच फिक्सिङ’को जालो च्यात्न सफल भएकै कारण खेलाडीले एक पछि अर्को गेममा बिजय हाँसिल गर्न थालेको बुजाई नेपालीहरुको छ । 

जसको श्रेय एसएसपी खनालले पाएका छन् । दक्षिण एसियाली खेलकुद (साग) मा तेइस वर्षपछि नेपालले स्वर्ण पदक कब्जा गरेपछि  एसएसपी खनालले देशको स्वाभिमान बेचेर खेल हार्ने खेलाडीलाई आत्मग्लानी भइरहेको हुन सक्ने अनुमान गरेका छन् । उनले भने, खेलाडीले चाहे, मिहनेत गरे के हुँदैन रैछ भन्ने कुराको पनि पुष्टि भएको  छ ।’ 

 ‘म्याच फिक्सिङ’  को जालो पत्ता लगाउने एसएसपी सर्वेन्द्र खनालले आफ्नो मिसन सफल भएको बताउँदै आफू निकै खुसी भएको व्यक्त गरे । उनी खुसी यसअर्थमा छन की नेपालले गुमाएको आफ्नो स्वाभिमान जोगाउन सफल भएको छ । उनी भन्छन्– ‘आजको जित नेपाली स्वाभिमानको जित हो । देशको स्वाभिमान पनि जितसँगै चौडा भएको छ ।’



Post a Comment

0 Comments