Subscribe Us

ग्यालेक्सी स्कुलकी गिता राणालाई अपहरणको धम्की,
धम्क्याएर रकम असुल्ने प्रफूल्ल राणा पक्राउ

काठमाडौं । ग्यालेक्सी स्कुलकी संचालिका गिता राणालाई धम्क्याएर रकम असुली गर्ने २ जनालाई महानगरी अपराध महाशाखाले पक्राउ गरेको छ । 

विभिन्न १७ वटा मोबाईल नम्बरको प्रयोग गरी राणालाई धम्क्याउने सिन्धुपाल्चोक घर भइ हाल ठमेल बस्ने प्रमोदराज पन्त र बालाजुका प्रलाद श्रेष्ठलाई महाशाखाले २६ गते पक्राउ गरी बिहीवार सार्बजनिक गरेको हो । 

उनिहरुले विभिन्न फोन नम्वरहरुवाट फोन गरी  रकम माग गर्ने गरेको र रकम नदिएमा स्कुलका विद्यार्थीहरु तथा  राणाकै छोरालाईसमेत अपहरण गर्ने भन्दै धम्की दिने गरेको महाशाखाका प्रमुख एसएसपी सर्बेन्द्र खनालले बताए । 

फिरौती रकम ५० हजारसहित  प्रलादलाई  काठमाडौंको नक्सालबाट रपन्तलाई पोखरा लेकसाइटबाट  पक्राउ गरिएको एसएसपी खनालले जनाए । मुख्य योजनाकार प्रफुल्ल भन्ने प्रमोद राज पन्तले रकम असुल्न वालाजुका ४४ को प्रहलादलाई  प्रयोग गर्ने गरेको अनसुन्धानबाट खुलासा भएको छ ।  प्रफुल्लले हाल संचालन गर्दै आएको रिसोटको समेत भाडा नदिई आफ्नो नियन्त्रणमा राखेको महाशाखाले जनाएको छ । कब्जामा लिएको रिसोट प्रफुल्लले बेचबिखन समेत गर्न नदिई धाक धम्की दिने गरेको महाशाखा परिसरमा भेटिएका पीडित तथा रिसोटका धनी कृष्ण कमल खत्रीले बताएका छन् । रिसोट चलाए बापत फाईदाको आधा आधा खाने उनिहरुको सहमति भएको थियो तर प्रफुल्लले दश बर्ष देखी रिसोट कब्जा गरी नियन्त्रणमा लिएको पीडितले बताएका छन् । 
 पक्राउ परेका प्रफुल्ल यस अघिपनि ठगी मुद्दाका अभियुक्त रहेको प्रहरीले जनाएको छ ।  नेपाल औधोगिक विकास निगमका तर्फवाट अधिकार प्राप्त शाखा अधिकृत ईन्द्र विक्रम पराजुलीले पेश गरेको ठगी र सरकारी छाप दस्तखत मुद्दामा २०६५।०५।१९  काठमाण्डौ जिल्ला अदालतले २ वर्ष कैद र ९१,६३,२५४।– जरिवाना गरेक प्रफूल्ले पुनराबेदमा मिलाएर ३ लाख धरौटीमा छुट्न सफल भएका थिए ।  अदालतबाट छुट्न साथ उनि फेरी ठगी र गुण्डागर्दीम सक्रिय रहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments