Subscribe Us

राजनीतिमा फिक्सिङ गर्न खोज्ने एसएसपी खनालको फन्दामा,
सभासद् बन्न ५० लाखकोे डिमाण्ड

काठमाडौं । फूटबलमा हुने गरेकोे म्याच फिक्सिङ पत्ता लगाउन सफल भएका महानगरीय अपराध महाशाखाका एसएसपी सर्बेन्द्र खनालले राजनीतिमा समेते फिक्सिङको हुने गरेको खुलासा गरेका छन् । सांसद बनाइदिन्छु भन्दै लाखौं ठगी गर्ने देवेन्द्र कुमार बर्तौलालाई पक्राउ गरेपछि राजनीतिमा समेत फिक्सिङ हुने गरेको खुलासा भएको हो । 

बर्तौलाले श्रीमती सोफियासँग मिलेर सिन्धुपाल्चोक बाह्रविसेका स्थाईनिय नेपाली काग्रेसका नेता हरिशरण श्रेष्ठ लगायतकालाई सांसद बनाइदिन्छु भन्दै लाखौं ठगी गरेको महाशाखाका प्रमुख एसएसपी खनालले बताएका छन् । बर्तौला पक्राउ परेपनि श्रीमती भने अहिले फरार रहेको खनालले बताए ।

आफ्नो उच्च पदस्थ व्यक्तिहरू एवं छिमेकी राष्ट्रको उच्च ओहोदामा भएका व्यक्तिहरूसँग राम्रो सम्बन्ध भएको भ्रम छर्दै बर्तौलाले श्रेष्ठसँग सांसद बनाउन ५० लाखको डिल गरेका थिए । डिल मुताबिक २० लाख एण्डभान्स लिएको महाशाखाले जनाएको छ । यस्तै बर्तौलाले सिन्धुपाल्चोकका भिमसेन श्रेष्ठ, कान्छा श्रेष्ठलाई क्यानाडा र हस्त बहादुर श्रेष्ठलाई चेक रिपव्लिक पठाउने भनि १५ लाख ५० हजार  लिएको काठमाडौं २ बस्ने चाँदनी श्रेष्ठलाई आफ्नो रोक्का रहेको नविल बैंकको  ५ लाख को चेक काटी दिई ठगी गरेकोसमेत खुल्न आएको छ ।

श्रेष्ठ विगत लामो समय देखि नेपाली कांग्रेसको राजनितीमा संलग्न रहेको जिल्ला कार्य समितिबाट सिफरिसमा परेका व्यक्ति समेत हुन्। श्रेष्ठले देवेन्द्र कुमार बर्तौला र सोफिला बर्तौलालाई आफ्नै राजनैतिक सहकर्मि लिला नेपाल मार्फत चिनजान भएको र सम्पर्क विस्तार गरेका थिए। भारतीय उच्च व्यक्तिहरूसँगको पहुँच देखाउन सन् २०१४ मा  ४ जना नै भारतको दिल्लीमा गई पहुचवालाव्यक्तिहरू सँग चिनजान एवं भेटघाट गरेको समेत  प्रहरीले जनाएको छ।

भिमसेन श्रेष्ठ, कान्छा श्रेष्ठलाई क्यानाडा र हस्त बहादुर श्रेष्ठलाई चेक रिपव्लिक पठाउने भनि प्रति व्यक्ति १८ लाख लाग्ने बताएकोमा प्रलोभनमा पार्न जाहेरवाला तीनै जनाको बच्चाहरूलाई समेत भारतीय राजदुतावासबाट संचालित केन्द्रिय विद्यालयमा भर्ना गराई दिने भनि प्रति व्यक्ति १ लाख ५० हजारका दरले रकम लाग्छ भनि विदेश पठाउन समेत गरी जम्मा  १५ लाख ५० हजार  लिएको  पनि अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

देवेन्द्र कुमार बर्तौला र उनको श्रीमती सोफिला बर्तौलाले फ्रेबुअरीमा अमेरिका जान भनि ठमेल स्थित ट्राभल्स एजेन्सीमा  १० हजार दिएको र पछिल्लो पटक ट्राभल्स एजेन्सीले पटक–पटक बाँकी रकम माग गर्दा ब्याक डेटको चेक काटि दिएका थिए। पीडितहरूले आफू ठगीमा परेको  भन्दै प्रहरीमा आएपछि महाशाखाले देवेन्द्र कुमार बर्तौलालाई पक्राउ गरेको जनाएको छ ।

Post a Comment

0 Comments