Subscribe Us

लडाकुको परिचय पत्र बनाएर ठगी गर्ने पक्राउ

ललितपूर । माआबादीका अयोेग्य लडाकुलाई संयुक्त राष्ट्रसंघले प्रमाणिकरण गर्दा दिइएका परिचय पत्रको नक्कल बनाइ युवाहरुलाई ठगेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपूरले नक्कली परिचय पत्र बनाइ युवाहरुलाई मकाउमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी गरेका आरोेपमा उनिहरुलाई पक्राउ गरेको जनाएको छ ।  

स्याङजा ढापुकका खेमबहादुर कामी र काठमाडौ बागबजारका उदेश खड्गीलाई प्रहरील पक्राउपछि बिहीवार सार्बजनिक गरेको होे । कामी नेपाल वैदेशिक रोजगार एजेण्ट एशोसिएशनका केन्द्रीय प्रतिनिधि हुन् भने खड्गी बागबजारस्थित फोटोकपी पसलका संचालक हुन् । युवाहरुलाई ठग्ने क्रममा खेमबहादुरले युवाहरुलाई वहिर्गमित लडाकुहरुले पाएको परिचयपत्रसँग मिल्ने गरी नक्कली परिचय बनाइदिएको ललितपुर प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पिताम्बर अधिकारीले बताए । 

प्रहरीले पक्राउ गरेका खड्गीले आफु निर्दोष रहेको दाबी गरे । खड्गीले आफू फोटोकपी पसल संचालक भएको र पसलमा विभिन्न किसिमका कार्डहरु छाप्ने गरेको भन्दै युवाहरुको ठगीमा आफ्नो कुनै संलग्नता नरहेको बताए ।
ठगीमा संलग्न मुख्य अभियुक्त भने बाराको निजगढस्थित सन्जु इन्टरनेसनल प्रमोशन सेन्टर प्रालिका संचालक हुन् । मुख्य अभियुक्तले मकाउ पठाइदिने प्रलोभनमा १६ लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ । प्रहरीले मुख्य अभियुक्तलाई दुई दिन पहिले नै पक्राउ गरिसकेको छ ।

Post a Comment

0 Comments