Subscribe Us

घरभित्रै १६ हजार लिटर क्षमताको अबैध पेट्रोल पम्प

काठमाडौं । घरभित्र १६ हजार लिटर क्षमताको अन्डर ग्राउण्ड ट्यांकीमा डिजेल जम्मा गरेर पेट्रोल पम्पकै शैलीमा नोजल राखेर ईन्धनकोे कालोबजारी गर्नलाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय अपराध  महाशाखा टेकुले कीर्तिपुरस्थित आरजे सप्लायर्सका सञ्चालक दिपेश महर्जनलाई ईन्धन कालोबजारी गरेको भन्दै पक्राउ गरेको हो । 

महर्जनले अवैधरुपमा घरभित्रै पेट्रोल पम्पको शैलीमा इन्धनको कालोबजारी गदै आएको महाशाखाले जनाएको छ ।

कालोबजारीका लागी राखीएको ११ सय लिटर डिजेलसमत प्रहरील बरामत गरको छ । भारतले नाकाबन्दी गरेलगत्तै रातारात धनी बन्न पानी ट्यांकीमा डिजेल भरेर कालोबजारी गरेको महाशाखाका प्रहरी उपरीक्षक सहकुल बहादुर थापाले बताए ।

थापाका अनुसार चर्को अभावका बेला प्रतिलिटर ५ सय रुपैयाँ सम्म डिजेल बेचेका महर्जनलाई बुधबार बेलुकी १ सय ४० रुपैयाँ प्रतिलिटरका दरले डिजेल बेचिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

महानगरीय अपराध महाशाखाले कालोबजारी ऐनअन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाउन महर्जनलाई काठमाडौं प्रहरी परिसरमा बुझाएको जनाएको छ ।

Post a Comment

0 Comments