काठमाडौं । बैध भन्दा अबैध तरिकाबाट
बैदेशिक रोजगार सम्बन्धि काम गर्दै आएको ‘द रिभर ओभरसिज’ ले कतारमा एक
दर्जन युवालाई बिचल्ली बनाएको छ ।
बैदेशिक रोजगारको लागि गत महिना द
रिभरबाट कतार पुगेका युवाका आफ्न्तले महानगरिय अपराध महाशाखा टेकुमा उद्दार
गरी पाँउ भन्दै निबेदन दिएपछि यो कुरा बाहिर आएको हो । महाशाखाले द रिभरका
सञ्चालक रघु पुरीलाई सोधपुछका लागि बोलाएको भएपनि उनी भने शक्ति
केन्द्रबाट महाशाखाका प्रहरीलाई दबाब दिन थालेको छन् । बिभिन्न जिल्लामा
अनुमति बिना नै शाखा कार्यालय बिस्तार गरेर पुरीले मेनपावरको आडमा मानब
तस्करी गर्दै आएका छन् ।
मुख्य कार्यालय राजधानीको बत्तिसपुतलीमा
रहेपनि ओभरसिजका सञ्चालक पुरीले आफ्नो शक्तिको आँडमा अबैध शाखा बिस्तार
गरेका हुन । स्रोतका अनुसार पोखरा, भैरहवा, बुटवल, बिराटनगर, महेन्द्रनगर,
चितवनलगायतका ठूला व्यापारिक शहरमा पुरीले दर्ता नै नगरी मेनपावरको काम
सञ्चालन गरिरहेका छन् । केही महिनाअघि गैरकानुनी रुपमा मेनपावर चलाएको
गोप्य सूचना पाएपछि वैदेशिक रोजगार विभागको टोलीले बुटवलका आधा दर्जन
मेनपावरमाथि छापा मारेको थियो । त्यसबेला पुरीको अबैध मेनपावरमा पनि छापा
मारिएको थियो । टोलीले ६ वटा मेनपावरमा छापा मार्दा पुरीको द रिभर ओभरसिज
सहित तीन वटा गैरकानुनी रुपमा सञ्चालन भएको पत्ता लगाएको थियो ।
राजधानीबाट गएको विभागको टोलीसँगै ईलाका
प्रहरी कार्यालय र श्रम कार्यालय बुटवलका प्रतिनिधि पनि थिए । सयुक्त
टोलीले बुटवलमा सञ्चालित आधा दर्जन मेनपावरमाथि छापा मार्दा अवैध मेनपावरका
धन्दा बाहिर आएको हो । छापा मार्ने क्रममा टोलीले दर्ता विना सञ्चालनमा
रहेका मेनपावरका चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
तर,
मेनपावरका मुख्य सञ्चालकलाई भने टोेलीले ठूलै डिल गरेर छाड्यो । तत्काल द
रिभर ओभरसिजका शेरबहादुर राना, सन्तबहादुर मगर, ओशो रिक्यूटिङ एजेन्सीका
मिनबहादुर विक, माभिरा ओभरसिजका हरिप्रसाद न्यौपानेलाई पक्राउ गरे पनि
तीनका अध्यक्षलाई भने ठूलै रकमको चलखेलपछि चोख्याइएको थियो । छापा मारिएको
मेनपावर कम्पनी द रिभर ओभरसिजबाट रुपन्देही केरवानी उच्च माविको चारित्रिक
प्रमाणपत्र २५ थान, विद्यालयको छाप, प्रधानाध्यापकको छाप र पाटन बहुमुखी
क्याम्पसको छाप समेत प्रहरीले बरामद गरेको थियो ।
सो काण्डलाई प्रहरीले सार्वजनिक गरेपछि
मुख्य सञ्चालक तथा अध्यक्ष पुरीलाई जोगाइएको रहस्य उजागार भएको हो । अबैध
मेनपावरलाई बन्द गर्ने उद्देश्यले नभई टोलीले पैसा फिट्ने उद्देश्यले छापा
मारेको हुँदा सोही अनुसार कारबाही नगरी छाडेको थियो । त्यस्तै माभिरा
ओभरसिजले बाहिर टुर्स एण्ड ट्राभल्सको बोर्ड राखेर भित्रबाट बैदेशिक रोजगार
एजेन्सीको काम गर्दै आएको छापा मारेपछि खुलेको थियो । द रिभर ओभरसिजका रघु
पुरीलाई बचाउन बिभागबाट खटिएको टोलीले २५ लाखको चलखेल गरेको स्रोतको दावी छ
। उता तत्काल अबैध भन्दै बिभागको टोलीेले छापा मारेका मेनपावरहरु पुनः
सञ्चालनमा आएका छन् ।
पुरीको मेनपावर पनि बुटवलमा सञ्चालनमा
आएको छ भने उनले पुनःअबैध शाखा अन्य जिल्लामा समेत विस्तार गर्न थालेका छन्
। नक्कली भारतीय रुपैयाँको कारोबार गर्ने शिखर ओभरसिजका सञ्चालक सुनिल
रायमाझिसँग पनि उनको नाम जोडिँदै आएको छ । गत बर्ष नक्कली आईसी काण्डमा
मुछिएपछि फरार रायमाझिलाई पुरीले भगाएको तत्कालिन समयमा विभिन्न
पत्रपत्रिकामा समाचार प्रकाशित भएका थिए ।
पुरीलाई नेपाल प्रहरीका केही भ्रष्ट
प्रहरीले संरक्षण दिएका कारण उनले अबैध धन्दा गरे पनि पटक–पटक बच्दै आएका
छन् । पुरीले आफ्नो ओभरसिजको ११ औं बार्षिकोत्सव दरबारमार्गस्थित होटल
अन्नपूर्णमा गत महिना मनाएका थिए । बार्षिकोत्सवमा तत्कालिन कृषिमन्त्री
हरि पराजुली, पर्यटन मन्त्री दीपक अमात्य, विभिन्न राजनीतिक पार्टीका
नेताहरुको समेत उपस्थिति थियो । उनीसँग अबैध हतियार समेत रहेका स्रोत
बताउँछ । अबैध धन्दाबाट पुरीले दश बर्षको अबधिमा पचास करोड भन्दा बढी कालो
धन थोपर्न सफल भएका छन्
0 Comments