Subscribe Us

कन्सलटेन्सीमा राजश्वको छापा, विद्यार्थी ठग्ने नै इक्यानमा

काठमाडौं
नेपालमा शैक्षिक परामर्श प्रदान गर्ने एजुकेशन कन्सलटेन्सीहरुमाथि कर छलिको आशंकामा राजश्व अनुसन्धान विभागले कारबाही थालेको छ । राजश्वले कारबाही थाल्नु अघि नै कन्सलटेन्सीहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ -इक्यान_ को नेतृत्वमा विगतमा विद्यार्थीहरुको रकम ठग्ने संस्थाका प्रतिनिधि नै निर्वाचित भएपछि राजश्वको कारबाहीविरुद्ध इक्यानले केही समय अघि विज्ञप्ती नै प्रकाशित गरी विरोध जनाएको थियो । राजश्वले द नेक्स्ट, कंगारु एजुकेशन, अर्विटलगायत एक दर्जन कन्सलटेन्सीमा छापा मारी कागजात नियन्त्रणमा लिएको एक महिना नाघिसकेको छ । केही कन्सलटेन्सीहरुले राजश्वका महानिर्देशक देखि अर्थमन्त्रीसम्म सेटिङ मिलाएर कारबाहीबाट उम्किएको इक्यानका एक केन्द्रिय सदस्यले बताए । 
इक्यान स्रोतका अनुसार विगतमा दिपक गुरुङ कार्यवाहक अध्यक्ष छँदा विद्यार्थीहरुबाट उठाइएको आइइएलटिएस वापतको झण्डै पाँच लाख रकम हिनामिनामा मुछिएका रोयल एजुकेशनका विष्णुहरी पाण्डे नै यतिबेला उपाध्यक्ष जस्तो वरिष्ठ पदमा निर्वाचित भएर पुगेपछि विद्यार्थीहरु थप मर्कामा पर्ने संभावना बढेको छ । त्यतिबेला कारबाहीमा परेका पाण्डेले हिनामिना गरेको पैसा इक्यानको खाताबाट व्रिटिस काउन्सिललाई बुझाइएको थियो । 
स्रोतका अनुसार केही दिन अघि इक्यानको बैठकमा कोषाध्यक्ष खड्ग ताम्लिङले पूर्व अध्यक्ष राजेन्द्र बरालको कार्यकाल अगाडिको इक्यानको खाताको रकमको बारेमा आफूले नहेर्ने र जिम्मा नलिने बताएको हुँदा पनि विगतमा इक्यानमा आर्थिक घोटला भएको आशंका गरिएको छ ।  यतिबेला केही सदस्यहरु पनि विदेश पठाउने नाममा विद्यार्थीहरुलाई ठगेको आशंकामा स्वयम् इक्यानले नै छानविन गर्न लागेको हुँदा इक्यानमा कस्ता व्यक्ति पुगेका रहेछन् यो घटनाबाट पनि पुष्टि हुन्छ । 

Post a Comment

0 Comments